इलाम-२ मा ५२ प्रतिशत मत खस्यो
इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ ।
इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ ।
पोखराको सूर्यदर्शन, चितवनको सहारा र बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीका पीडितले संयुक्त विज्ञप्ति जारी गर्दै सहकारीबाट गैरकानुनी रुपमा ऋण लिएका कम्पनी र ती कम्पनीका सञ्चालकलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी समस्या समाधान गर्नका लागि अध्यादेश ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्ले लगानी सम्मेलनबारे र सहकारीका सम्बन्धमा कानुनी व्यवस्था गर्नका लागि अध्यादेश ल्याउन लागेकोप्रति आपत्ति जनाएका छन् ।
इलाम–२ को उपनिर्वाचनमा शनिवार बिहान ७ देखि मतदाता मतदानमा सहभागी बने । भौगोलिक विकटताका कारण मतदाताहरु घन्टौँ हिडेर मतदान गर्न केन्द्रसम्म पुगेका छन् । इलाम नगरपालिका बरवोटेकी अकबरी राई आधा घन्टा हिडेर मतदान केन्द्रमा पुगिन् ।
लुम्बिनी प्रदेशसभा सचिवालयले पाल्पाको तानसेनमा राखेको तीन दिने अन्तर व्यवस्थापिका भेला सात बुँदै ‘पाल्पा घोषणापत्र’ जारी गर्दै शनिबार सकिएको छ ।
कप्तान रोहित पौडेलले शतक बनाएपछि नेपालले पहिलो ट्वान्टी २० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ । रोहितले १ सय १२ रन बनाएपछि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ५ रनको लक्ष्य २ बल अगाडि नै २ सय ६ रन बनायो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद एनपी साउदले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आफू उपर भइरहेको छानबिनको मागबाट डराइरहेको आरोप बताएका छन् । सहकारीको बचत ठगी गरेको विषयमा संसदीय छानबिन समित गठन भएमा पारदर्शी हुने पनि साउदको भनाइ थियो ।
बझाङ प्रदेश सभा निर्वाचन (१ ) मा भइरहेको उपनिर्वाचनअन्तर्गत उत्साहपूर्वकरुपमा मतदान भइरहेको छ ।
पूर्वअर्थमन्त्री युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन संशोधन र नयाँ कानुन आवश्यक रहेको बताएका छन् । आइतबारदेखि यहाँ सुरु हुन लागेको दुईदिने लगानी सम्मेलनको पूर्वसन्ध्यामा खतिवडाले भने, 'सबै कानुन बनाउन सकिएको छैन, आवश्यक बाँकी कानुन बनाउनुपर्छ । ठूला आयोजना सञ्चालनमा लागि लगानी बोर्डको क्षमता बढाउनुपर्ने छ । एकद्वार प्रणालीलाई साँच्चै व्यवहारमा लागू गर्नुपर्छ ।'