कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

कान्तिपुर सिनेमाजमा 'यौटा सपनाको अवसान'

काठमाडौँ — अनुप बराल निर्देशित नाटक 'यौटा सपनाको अवसान' डिजिटल प्लेटफर्म कान्तिपुर सिनेमाजमा प्रदर्शनमा आएको छ । गत वर्ष चैत्र १० देखि वैशाख १३ सम्म मण्डला थिएटरमा मञ्चन नाटक नयाँ वर्षको अवसरमा वेब सिरिजका रूपमा प्रदर्शन भएको हो । 

कान्तिपुर सिनेमाजमा 'यौटा सपनाको अवसान'

निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले शुक्रबार ट्रेलर सार्वजनिक गर्दै शनिबारदेखि सिरिज प्रसारणमा ल्याएको हो । नाटकमा कलाकार दिया मास्के, मेनुका प्रधान, दिव्य देव, विकास जोशी, शेखर चापागाईंको अभिनय छ ।

नाटकका निर्माता गोविन्द पराजुलीले नयाँ दर्शकको खोजी गर्ने क्रममा नयाँ माध्यममा आउने निर्णय गरेको जनाए । 'नाटकलाई चलचित्र जस्तो धेरै समय हलमा चलाउन मिल्दैन किनकि नाटकमा कलाकारको प्रत्यक्ष उपस्थिति चाहिन्छ । यही कारण हामीले दर्शकको चाहना हुँदाहुँदै पनि एक महिनाभन्दा बढी समय मञ्चन गर्न सकेका थिएनौँ । उसबेला हेर्न छुट्नु भएका नाट्यप्रेमीसँगै संसारभरका दर्शकका लागि सिरिजको माध्यम छानेका हौं,'उनले भने ।

नाटकमा आर्थिक मन्दीमा फसेको एक परिवारको कथा छ । नाटकमा न्ह्यु बर्जाचार्यको संगीत संयोजन, विप्लव प्रतीकको अनुवाद र गीत छ । सिरिज कान्तिपुर सिनेमाजमा ७ भागमा प्रसारण हुने बताइएको छ ।

प्रकाशित : वैशाख २, २०८१ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?