कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

‘भिजिट भिसा’ को घोषणा

काठमाडौँ — नयाँ वर्ष २०८१ को अवसर पारेर नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक फिल्मको थिम पोस्टर शनिबार सार्वजनिक गरिएको हो । मोती विष्ट प्रस्तुतकर्ता रहेको यस फिल्मका निर्माता टोपेन्द्र विष्ट हुन् ।

‘भिजिट भिसा’ को घोषणा

विराज विष्टको कथा रहने फिल्ममा यम थापाको पटकथा रहेको छ । विराजले यसअघि ‘बुलाकी’ फिल्म निर्माण गरेका थिए । यस फिल्मले ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ मा विशेष फिल्मको अवार्डसमेत पाएको थियो ।

प्रकाशित : वैशाख २, २०८१ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?