२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

स्मिताको स्वर र प्रियंकाको अभिनय रहेको 'लुकाउने ठाउँ छैन' गीत सार्वजनिक

काठमाडौँ — गायिका स्मिता दाहालको स्वर र अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको गीत 'लुकाउने ठाउँ छैन' सार्वजनिक भएको छ । गीतमा पुरुषतर्फ दिव्य कुमारको पनि स्वर रहेको छ भने आयुष्मान देशराज जोशीको पनि अभिनय रहेको छ ।

स्मिताको स्वर र प्रियंकाको अभिनय रहेको 'लुकाउने ठाउँ छैन' गीत सार्वजनिक

गीतमा शब्द सरोज ओलीका छन् भने संगीत दिपक शर्माको रहेको छ । भिडियोको एरेन्ज रिकेश गुरुङको रहेको छ भने रेकर्डिङ किरणसिंह थापाको रहेको छ ।

उक्त भिडियो शनिबार आरटी इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो ।

स्मिता दाहालका यसअघि 'आँखामा गाजल', 'हो हो नि माया हो', 'मायालु तिमी कता छौँ', 'पानी कुवाको', 'मालिंगो' लगायतका गीत सार्वजनिक भइसकेका छन् ।

प्रकाशित : वैशाख १, २०८१ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?