कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सुत्केरी बचाउन सेनाद्वारा हेलिप्याड निर्माण 

कालिकोट — जटिल अवस्थाका सुत्केरी महिला तथा विपद्मा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाको कालीकोटको शुभकालिका-५ सुकाटियामा हेलिप्याड निर्माण गरेको छ । सेनाले चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजना अर्न्तगत विनियोजित १० लाख बजेट खर्च गरेर एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको हो।

सुत्केरी बचाउन सेनाद्वारा हेलिप्याड निर्माण 

भरपर्दो सडक यातायात नभएको शुभकालिका ४, ५ र ६ नं वडालाई पायकपर्ने गरी सुकाटियामा निर्माण भएको हेलिप्याड दैलेखकी संघीय सांसद सीता रानाको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई हेलिप्याड हस्तान्त्रण गरिएको छ ।

एक महिनाको अवधिमा शमशेर गुल्म मान्मको जनशक्ति परिचालन गरेर हेलिप्याड निर्माण गरेर हस्तान्त्रण गरेको गुल्मपति सेनानी रन्जित कार्कीले बताए । सुकाटियाको डाडो सम्याएर हेलिप्याड बनायौ । उनले भने जटिल अवस्थाका सुत्केरी, विपद्का घाइतेलगायतको उद्धार गर्न सहज हुनेछ । उनले सडकको अवस्था राम्रो नभएको शुभकालिकाबाट आकस्मिकरुपमा घाइते तथा विरामीको उद्धार गर्न हेलिप्याड उपयोगी हुने बताए ।

सेनाले गाउँपालिकाको केन्द्रमा हेलिप्याड निर्माण गरेर हस्तान्त्रण गरेकामा खुशी लागेको पालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए । अप्रेशन गर्नुपर्ने खालका सुत्केरी महिला, विपद्‌बाट घाइते भएकालाई हेलिप्याड सहयोगी हुनेछ । उनले भने, 'अस्पताल पुर्‍याउन ढिलाई भएर अब कसैको मृत्यु हुने छैन ।' उनले गाउँपालिकाको अनुरोधलाई स्वीकारेर सेनाले हेलिप्याड बनाइ दिएकोमा धन्यवाद दिँदै हेलिप्याडको उचित संरक्षण, रेखदेख र मर्मर सुधार गाउँपालिकाले गर्ने प्रतिबद्धता जनाए ।

हवाई उद्धारका लागि हेलिप्याड नहुँदा समयमै अस्पताल पुर्‍याउन नसकी अबदेखि कुनै पनि दिदी बहिनीले अकालमा ज्यान गुमाउन नपर्ने गाउापालिका उपाध्यक्ष धर्मकला शाहीले बताइन् । उनकाअनुसार एक वर्षको अवधिमा मात्र शुभकालिकाका ३ जना सुत्केरी महिलाको सदरमुकाम मान्मबाट हवाइ उद्धार गरेर ज्यान बचाइएको छ । स्वास्थ्य संस्था लैजान ढिलाई हुदा गत वर्ष नै भर्ता र छाती गाउका दुई जना महिलाले सुत्केरी हुन नसक्दा अकालमा ज्यान गुमाएका थिए ।

हेलिकोप्टबाट सुत्केरीको उद्धार

सुत्केरी भएको १३ दिनपछि एक सुत्केरी महिलाको हवाई उद्धार गरेर सुर्खेत लगिएको छ । सुत्केरी हुदा जटिल अवस्था आएपछि मान्म ल्याइएकी सान्नीत्रिवेणी ४ की २० वर्षीया लक्ष्मी शाहीलाई थप उपचारको लागि शुक्रवार दिउँसो हेलिकोप्टरबाट सुर्खेत पठाइएको डा. बन्दिता कार्कीले बताइन् । बैशाख ८ गते सुत्केरी भएकी शाहीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि जिलला अस्पताल मान्म ल्याइए पनि सुधार नहुँदा सुर्खेत पठाइएको हो ।

उनको शरिरमा अक्सिजनको मात्रा न्यून भइ स्वास्थ्य अवस्था जटिल भएपछि हेलिकोप्टररबाट सुर्खेत लगिएको विरामीसँगै गएकी डा. रोशनी प्रजापतिले बताइन् । उनकाअनुसार विरामीको मुटुमा समस्या देखिएकाले सुर्खेत लगिएको हो । यहाका प्रजिअ गणेश नेपालीले राष्टपति महिला उत्थान कार्यक्रमलाई पत्राचार गरेर सुत्केतीको हवाई उद्धार भएको हो ।

प्रकाशित : वैशाख २२, २०८१ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?