कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फरार अभियुक्त पक्राउ

हेटौंडा — अदालतद्वारा कैद तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा सोनवर्षा ४ का ४० वर्षीय मोहन मुखिया विन छन् ।

फरार अभियुक्त पक्राउ
उनलाई बुधबार हेटौंडाबाटै पक्राउ गरिएको हो ।
लागूऔषध कारोबारमा संलग्नता ठहर गर्दै पुनरावेदन अदालतले विनलाई गत कात्तिक २५ मा २ वर्ष कैद र १७ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको थियो । ०६२ मंसिर २९ मा उनलाई प्रहरीले घरबाटै गाँजासहित पक्राउ गरेको थियो । पुनरावेदन अदालतमा वन पैदावारसम्बन्धी मुद्दाको तारेख लिन आउने क्रममा पक्राउ गरिएको प्रहरी उपरिक्षक प्रकाशजंग कार्कीले बताए ।

प्रकाशित : पुस १७, २०७१ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?