२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

यादवले बोलाए केन्द्रीय समिति बैठक 

काठमाडौँ — उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टी विभाजनपछि यादवले केन्द्रीय समितिको बैठक बोलाइएको हो । 

यादवले बोलाए केन्द्रीय समिति बैठक 

जसपा प्रचारप्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार जसपा, नेपालको केन्द्रीय समिति बैठक बैशाख ३१ र जेठ १ गते बस्नेछ । उनका अनुसार बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले केन्द्रीय समिति बैठक आह्वानको निर्णय लिएको हो ।

बैठकमा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने र तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बस्नेतले बताए ।

अशोक राईले पार्टी विभाजन गरेर जनता समाजवादी पार्टी गठन गरेपछि यादवले केन्द्रीय समिति बैठक बोलाएको हो । बहुमत सांसद लिएर राईले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् ।

प्रकाशित : वैशाख २७, २०८१ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?