प्रतिबन्धित औषधि बिक्री गर्ने फार्मेसी सञ्चालक पक्राउ
तिलोत्तमा — बुटवलमा एकजना पक्राउ परेका छन् । बुधबार बिहान बुटवलको कालिकानगरस्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक अछाम जिल्लाको तुर्माखान गाउँपालिका ८ का कमल विकलाई प्रहरीले पक्राउ गरेको हो ।
डाक्टरको सिफारिस बिना औषधि बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागूऔषधका रूपमा युवालाई बिक्री गरेको पाइएपछि सञ्चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।
लागूऔषध प्रयोगकर्ताको सूचनाको आधारमा मेडिकलमा छापा मारेको पण्डितले बताए । उनका अनुसार प्रतिबन्धित औषधी उक्त मेडिकलबाट बिक्री भइरहेको थियो । प्रहरीले मेडिकल सञ्चालकको घरबाट ठूलो परिमाणमा त्यस्ता औषधि फेला पारेको बताएको छ ।
प्रकाशित : वैशाख २७, २०८१ १२:५०प्रतिक्रिया