कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्लीमा उपचाररत देउवाको शल्यक्रिया

काठमाडौँ — प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिसभापतिसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको हाइपर प्याराथाइरोडिजमको शल्यक्रिया भएको छ ।

दिल्लीमा उपचाररत देउवाको शल्यक्रिया

दिल्लीस्थित म्याक्स हस्पिटल, साकेतमा देउवाको बुधबार शल्यक्रिया भएको उनका स्वकीय सचिव कमल रावलले जानकारी दिएका थिए ।

दुई वर्षदेखि उपचार गराउँदै आएकी देउवा चिकित्सकको सल्लाहअनुसार शल्यक्रियाका लागि चैत २ मा दिल्ली गएको रावलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । 'कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य आरजु राणा देउवा विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरूको सल्लाह अनुसार भारतको नयाँ दिल्लीमा फलोअप उपचार गर्दै आउनु भएको थियो,' रावलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'चैत्र २ गते संघीय संसद् सचिवालयलाई जानकारी गराई स्वास्थ्य उपचारका लागि भारत जानुभएको थियो । चिकित्सकहरूको सल्लाह अनुसार उहाँको नयाँ दिल्ली स्थित म्याक्स हस्पिटल, साकेतमा चैत १४ गते हाइपर प्याराथाइरोडिजमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।'

देउवाको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ । उनलाई चिकित्सकहरूले केही समय अस्पतालमै राखेर उपचार गर्नुपर्ने भनेको रावलले जानकारी दिएका छन् ।

प्रकाशित : चैत्र १५, २०८० १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?