२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

धाविका सन्तोषी बूढानीलकण्ठकी ब्रान्ड एम्बासडर

काठमाडौँ — प्रथम बूढानीलकण्ठ नगर सिल्ड खेलकुदका लागि आयोजक बूढानीलकण्ठ नगरपालिका र बूढानीलकण्ठ खेलकुद विकास बोर्डले धाविका सन्तोषी श्रेष्ठलाई ब्रान्ड एम्बासडर बनाउने भएको छ ।

धाविका सन्तोषी बूढानीलकण्ठकी ब्रान्ड एम्बासडर

बोर्डका संयोजक सुमन तामाङले सन्तोषी श्रेष्ठलाई खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा चयन गरिएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

बूढानीलकण्ठ नगरपालिका–६ मा बस्ने धाविका सन्तोषी १३ औं साग र बंगबन्धु ढाका म्याराथनकी स्वर्ण विजेता खेलाडी हुन् । संयोजक तामाङले राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडी सन्तोषीलाई खेलकुद महोत्सवको ब्रान्ड एम्बासडर घोषणा गर्न पाउँदा गर्व अनुभूति भएको बताए । उनले बूढानीलकण्ठलाई खेलकुदको हब बनाउन क्यालेन्डर तयार गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

संयोजक तामाङले सहभागी खेलाडीको सुरक्षालाई ध्यानमा राखी ७ दिनका लागि ५ लाख रुपैयाँ बराबरको बिमा गरिने बताउँदै स्थानीय र बसाइँसराइ गरेका खेलाडीले प्रतियोगितामा सहभागिताको अवसर पाउने बताए ।

सन्तोषीले ब्रान्ड एम्बासडर बनाएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै खेलकुद महोत्सव खेलाडीका लागि आफ्नो प्रतिभा देखाउने राम्रो ‘प्लेटफर्म’ भएकाले खेलाडीलाई प्रोत्साहन गर्न सम्पूर्ण नगरबासीलाई आग्रह गरिन् ।

बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीले खेलकुद महोत्सवको टिसर्ट सार्वजनिक गरेका थिए । लोगो र प्रोमो पनि सार्वजनिक गरिएको थियो । मेयर अधिकारीले खेलकुदलाई प्राथमिकतामा राखेर नगरपालिकाले प्रशासन र शिक्षापछि खेलकुदमा बजेट विनियोजन गरेको बताए ।

वैशाख १५ देखि सुरु हुने महोत्सवमा विभिन्न ८ खेल समावेश गरिएको छ । कराते, तेक्वान्दो, मुवाँथाइ, कुङ्फु, बास्केटबल, फुटबल, ब्याडमिन्टन र रोड रेसमा प्रतिस्पर्धा हुनेछ । रेस्लिङ र केही परम्परागत खेलको प्रदर्शनी खेल हुनेछ । खेलकुद महोत्सव वैशाख १९ सम्म चल्नेछ ।

प्रकाशित : वैशाख ७, २०८१ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?