प्रधानसेनापति ह्विलचेयर बास्केटबल
काठमाडौँ — नेपाली सेनाको आयोजनामा सैनिक पुनर्स्थापना केन्द्र भण्डारखालमा भएको प्रथम प्रधानसेनापति ह्विलचेयर बास्केटबल प्रतियोगिता पुरुषतर्फ सशस्त्र प्रहरी बल नेपाल टिम विजेता भयो । आयोजक त्रिभुवन आर्मी क्लब दोस्रो र स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल तेस्रो भए ।
महिलातर्फ ह्विलचियर स्पोर्टस एसोसिएसन विजेता भयो । स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल दोस्रो र जावलाखेल ह्विलचेयर स्पोर्टस क्लब तेस्रो भए ।
विजेतालाई रथी अशोकराज सिग्देलले पुरस्कृत गरे । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ६ टिमको सहभागिता थियो ।
शीर्ष तीनमा विजेता टिमलाई नगद पुरस्कार प्रदान गरिएको थियो । समापनमा फरक क्षमता भएका व्यक्तिहरूले नृत्य तथा सांगीतिक प्रस्तुति दिएका थिए ।
फरक क्षमता भएका व्यक्तिलाई समान अवसर प्रदान गर्नुका साथै उनीहरूको योगदानको उच्च कदर गर्ने उद्देश्यसाथ आयोजित प्रतियोगिताको लिग चरणका खेलको प्रधानसेनापति प्रभुराम शर्माले अवलोकन गरेका थिए ।