सञ्चार क्षेत्रलाई परेका समस्या समाधान गर्न सरकार सहयोगी बन्छ : कानुनमन्त्री गिरी
कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले मिडियाले लोकतन्त्र ल्याउन र सुशासनलाई मलजल गरेको उल्लेख गर्दै यस क्षेत्रलाई परेका समस्या हल गर्न सरकारले सहयोग गर्ने बताएका छन् । उनले भ्रष्टाचारी समाजमा सुरक्षित छैन भन्ने धारणा बनाउन मिडियाले भूमिका खेलेको बताए ।