कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

माटोको ढिस्कोले पुरिएर देउरानीको मृत्यु, जेठानी घाइते 

गगनशिला खड्का

गुल्मी — गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर रेसुंगा नगरपालिका १४ पराल्मीकी ५५ वर्षीया विष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए । सोही घटनामा ५५ वर्षीया हुमकला राना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुसहित ६ जना गाउँले माटो लिनका लागि चौराहास्थित माटोखानीमा पुगेको र माटो खन्ने क्रममा एक्कासी ढिस्को खसेर पुरिएका थिए ।

घाइतेलाई गुल्मी जिल्ला अस्पतालमा उपचारका लागि ल्याएकोमा विष्णुको मृत्यु भएको प्रहरी निरिक्षक सापकोटाले बताए । हुमकलाको भने उपचार भैरहेको बताइएको छ । मृतक विष्णु देउरानी र घाइते हुमकला जेठानी हुन् ।


प्रकाशित : वैशाख २२, २०८१ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?