कोशीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन सत्ता गठबन्धनको माग
कोशी प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न माग गरेका छन् ।
कोशी प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न माग गरेका छन् ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हल्लाका आधारमा पार्टी फुटाइएको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान एवं स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भ्रममा पारिएको बताएका हुन् ।
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ ।
प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
सरकारमा रहेका प्रमुख दलहरू एमाले र माओवादी केन्द्रबीच विवाद हुँदा संवैधानिक परिषद् सम्बन्धी विधेयक संसदीय समितिमा नै अड्किएको छ । संवैधानिक परिषद्मा गणपूरक संख्या र निर्णय गर्दा अपनाउने प्रक्रियामा कस्तो व्यवस्था राख्ने भन्नेमा एमाले र माओवादीबीच एकमत नहुँदा विधेयक लामो समयदेखि संसदीय समितिमै अड्किएको हो ।
डेढ वर्षअघि च्याटजीपीटी सार्वजनिक गरेर चर्चामा आएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी काम गर्ने संस्था ओपेनएआईले अब गुगल सर्च इन्जिनको विकल्पका रूपमा च्याटजीपीटी सर्च इन्जिन विकास गरिरहेको छ । पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा ओपेनएआईले आगामी दिनमा सार्वजिक गर्ने सर्च इन्जिनबारे अनेक सामाग्री प्रकाशन भइरहेका छन्।
लमजुङको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयवासिन्दाले रोक लगाएको छ । मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिएको आयोजनाको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आफ्ना मागहरु सुनुवाइ नगरेको भन्दै स्थानीयवासिन्दाले आयोजनाले सञ्चालन गर्दै आएको सवारी गुड्न रोक लगाएका हुन् ।
सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंक (०.२१)ले बढेर बन्द भएको छ । योसँगै समग्र नेप्से परिसूचक १ हजार ९ सय ६०.६० अंक कायम भएको छ । मंगलबार करिब दुई अंकले बढेको नेप्से बुधबार ऋणात्मक हुँदै बन्द भएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा आयोजित १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को बुधबार काठमाडौँमा उदघाट्न गर्दै राष्ट्रपति पौडेलले साना तथा घरेलु उद्यमशीलतालाई सरकारले प्रवर्द्धन गर्नुपर्ने बताए ।
सत्ता साझेदार दलहरु एमाले र माओवादीले केदार कार्की नेतृत्वको सरकारबाट गत चैत २६ गते समर्थन फिर्ता लिए । सत्ता सहकार्यबाट हात झिकेको मंगलबार एक महिना नाघ्यो ।