२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

वाग्मती प्रदेशको अर्थमन्त्री बन्दै थपलिया

सुवास विडारी

मकवानपुर — नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बन्ने भएका छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई शनिबार साँझ शपथ ग्रहण गर्ने व्यवस्था मिलाउन प्रदेश प्रमुखको कार्यालयलाई अनुरोध गर्दैछन् ।

वाग्मती प्रदेशको अर्थमन्त्री बन्दै थपलिया

एमाले सांसद एकालाल श्रेष्ठका अनुसार पहिलो चरणमा पार्टीको प्रतिनिधिको रुपमा दलको नेतामात्र सहभागी हुन लागेको बताए । ‘अन्य मन्त्रालयको भागबन्डा र मन्त्रीको विषयमा टुंगो लाग्न बाँकी छ,' उनले भने ।


योसँगै नयाँ गठबन्धनमा आजैबाट एमाले सरकारमा सहभागी हुने भएको हो । नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार थपलियाको पद तथा गोपनीयताको शपथ आजै साँझ ५ बजेका लागि तय गरिएको छ । ‘मुख्यमन्त्री काठमाडौं भएका कारण शपथ ढिलो राखिएको हो,’ मुख्यमन्त्री स्रोतले भन्यो ।


यसअघि गत २६ पुस २०७९ मा पनि मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई अर्थमन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित : चैत्र १७, २०८० ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?