लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजाय
काठमाडौँ — विशेष अदालतले सम्पत्ति सुद्धिकरण कसुरमा ३ वर्ष कैद सजाय सुनाएको छ । इन्जिनियरिङ कलेज संचालकसमेत रहेका न्यौपानेलाई २५ करोड जरिवाना हुने फैसला सुनाएको हो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार न्यौपानेलाई सम्पत्ति सुद्धिकरण कसुरमा दोषी ठहर गरेको हो । न्यौपानेको उमेर अवस्था एवं स्वास्थ्य स्थिति, आर्थिक, सांस्कृतिक पृष्ठभूमि, पारिवारिक संख्या, कसुर गरेको अवस्थार स्थिति लाईसमेत मध्यनजर गरेर सजाय निर्धारण गरिएको न्यायाधीश द्वयले उल्लेख गरेका छन् ।
'सजायशास्त्रको दृष्टिकोणबाटविचार गरी निज प्रतिवादीलाई सम्पत्ति सुद्धिकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ को दफा ३० को उपदफा १ बमोजिम तीन वर्ष कैद र विगो रु १२,८४,८७,९५५.७२ को दोब्बर अर्थात् रु २५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ ४४ पैसा जरिवाना हुने,' इजलासले भनेको छ ।
न्यौपाने भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्षसमेत हुन् ।
प्रकाशित : वैशाख १६, २०८१ २०:००