१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८६

हात्ती आक्रमणबाट तीन दिनमा दुई महिलाको मृत्यु 

झापा — झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट जिल्लाको कमल गाउँपालिका-५ गुहेश्वरी निवासी ५८ वर्षीया खड्गमाया लिम्बुको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

घरमा सुतिरहेकी लिम्बुको घर हात्तीले भत्काएको थियो । घर भत्काएपछि भागेकी उनलाई हात्तीले घरदेखि करिव ३० मिटर परतिर आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

तीन दिनअघि शिवसताक्षी नगरपालिका-११ कि ६० वर्षीया पवित्रा भेटवालको पनि हात्ती आक्रमणबाट मृत्यु भएको थियो । उनका पति घाइते छन् ।

प्रकाशित : चैत्र १७, २०८० ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?