२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

मधेसमा १० महिनामा १५.९६ प्रतिशत बजेट मात्र खर्च

सत्ता गठबन्धनमा फेरबदल र प्रशासनिक नेतृत्व पनि बदलिइराख्दा मधेस प्रदेशमा आर्थक वर्ष २०८०/०८१ को १० महिनामा करिब १५.९६ प्रतिशत मात्र बजेट खर्च भएको छ । मन्त्रालयहरुमा सचिव र कर्मचारी समेत पर्याप्त नहुँदा प्रदेश सरकारको बजेट खर्च प्रभावित बनेको हो ।

चुच्चे नक्सासहित नयाँ नोट निकाल्ने नेपालको निर्णयबारे भारतको असन्तुष्टि

नेपालले चुच्चे नक्सासहितको नोट जारी गर्न लागेकोमा भारतले असन्तुष्टि व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको एकपक्षीय निर्णयले अवस्था नबदलिने बताएका छन् । शनिबार ओडिशाको भुवनेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री जयशंकरले स्थापित संयन्त्र हुँदाहुँदै पनि नेपालले एकतर्फी निर्णय गरेको बताएका हुन् । 

‘कम्तीमा एउटा सुविधा सम्पन्न रंगशाला नभई भएको छैन’

दुई दशक खेलाडीका रूपमा मैदानमा बिताएका पारस खड्का हाल नेपाली क्रिकेटको माथिल्लो निकाय क्यानको सचिव छन् । लगातारको घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता/शृंखलाले ७ महिनायता नेपाली क्रिकेटमा निकै चहलपहल ल्याएको छ ।  नेपालले दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न एक महिनामात्र बाँकी छ ।

सहकारीका बचतकर्ता यी हुन्, मस्ती गर्ने को हुन् ? 

बुटवल चौराहास्थित राजमार्गमा सार्वजनिक शौचालय सफा गर्ने सीता दर्जी । पूर्वपश्चिम गर्ने बसका यात्रुलाई फलफूल बेच्ने पीताम्बर भट्टराई । बिहानैदेखि चिया बेच्ने विष्णु पाण्डे । पात्र यी हुन् जसले आफ्ना सारा रहर खुम्च्याएर सन्तानको भविष्यका लागि बुटवलस्थित सुप्रिम सहकारीमा बचत जम्मा गरिरहेका थिए । तर उनीहरूको पसिनाको कमाइ तानेर गोर्खा मिडिया नेटवर्क सञ्चालन गरिएको थियो । अब निजी कम्पनीमा सारिएको पैसा कसरी फिर्ता हुने हो ? प्रश्न अनुत्तरित हुँदा करिब १० हजार बचतकर्ता अत्तालिएका छन् । 

जापानी विदेशमन्त्री योको नेपालमा

जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार नेपाल आएकी छन् । परराष्ट्र स्रोतका अनुसार उनी दिउँसो करिब १२ बजे त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको कोलम्बोबाट काठमाडौं आएकी हुन् । दक्षिण एसिया भ्रमणपछि उनी जापान फर्कने कार्यक्रम छ । उनको यो पहिलो नेपाल भ्रमण हो ।

सिटामोलको भरमा औषधि लिमिटेड

औषधिमा टाँस्ने लेबल प्रिन्ट गर्ने मेसिन अलपत्र अवस्थामा छ । उक्त मेसिन राखिएको भवन प्रयोगविहीन भएर जीर्ण बनेको छ । सरकारले निःशुल्क वितरण गर्ने जुका, क्षयरोग, उच्च रक्तचाप, मधुमेह, माइग्रेन, टाइफाइड, निमोनिया, मलेरिया, हैजा, दमलगायतका औषधि उत्पादन गर्ने भवन कवाडीघरमा परिणत भएको छ ।

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा प्रधानमन्त्री दाहालले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए । 

संकटग्रस्त सहकारी छानबिन गर्न संसदीय समिति बनाउने पक्षमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संकटग्रस्त सहकारी छानबिनका लागि संसदीय समिति बनाउन सकिने संकेत गरेका छन् । शनिबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा उनले समिति गठनबारे सत्तारूढ दल र प्रमुख प्रतिपक्ष कांग्रेसबीच छलफल गरिने बताएका हुन् ।

नेपाल र कोरियाका आरोही जुगल–१ को चुचुरोमा

नेपाल र कोरियाका पर्वतारोही टोलीले जुगल–१ हिमालको सफल आरोहण गरेका छन् । नेपाल–कोरिया द्विपक्षीय सम्बन्ध स्थापनको ५०औं वर्षगाँठका अवसरमा संयुक्त आरोही टोलीले हिमाल आरोहण गरेको हो । 

मापदण्डविपरीतका अटिजम थेरापी सेन्टरलाई कारबाहीको चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमतिबेगर र मापदण्डविपरीत सञ्चालन भइरहेका अटिजम थेरापी सेन्टर तथा बाल क्लिनिकलगायत स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ । केही स्वास्थ्य सेवासँग सम्बन्धित संस्था, अटिजम थेरापी सेन्टर, वाल क्लिनिक मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन भएको र शुल्क बढी लिने गरेको गुनासो आएपछि गत बिहीबार मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले परिपत्र लेख्दै सो जानकारी गराएको हो । 

भूकम्पपीडित टहरामा उकुसमुकुस

जाजरकोटको नलगाड—४ का ४३ वर्षीय पृथ्वीबहादुर विकको ७ जनाको परिवारले झन्डै साढे ३ महिना त्रिपालमा बितायो । फागुन पहिलो सातादेखि त्रिपालबाट अस्थायी टहरामा सरेका उनीहरू अहिले भने चर्को गर्मी भोग्न बाध्य छन् । उनी र पत्नी बिर्मीबाहेक ३ छोराछोरी र बाआमा बिरामी भएका भयै छन् ।

माधवको भनाइप्रति संकेत गर्दै दाहालले भने, 'समीकरण भत्काउने कोसिस भइरहेको छ'

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण भत्काउने कोसिस भइरहेको बताएका छन् । माओवादी संसदीय दलको बैठकमा शनिबार उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइप्रति संकेत गर्दै एकीकृत समाजवादीभित्रको द्वन्द्वका कारण समीकरण भत्काउने कोसिस भइरहेको बताए ।

सञ्चार क्षेत्रलाई परेका समस्या समाधान गर्न सरकार सहयोगी बन्छ :  कानुनमन्त्री गिरी

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले मिडियाले लोकतन्त्र ल्याउन र सुशासनलाई मलजल गरेको उल्लेख गर्दै यस क्षेत्रलाई परेका समस्या हल गर्न सरकारले सहयोग गर्ने बताएका छन् । उनले भ्रष्टाचारी समाजमा सुरक्षित छैन भन्ने धारणा बनाउन मिडियाले भूमिका खेलेको बताए ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
भोजपुर एमालेको अध्यक्षमा मक्कर खड्का विजयी

भोजपुर एमालेको अध्यक्षमा मक्कर खड्का विजयी

डम्बरसिं राई

नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्कर खड्का विजयी भएका छन् । उनले निवर्तमान अध्यक्ष शरणकुमार राईलाई हराएका हुन् । 

भोटखोलामा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध

भोटखोलामा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध

दीपेन्द्र शाक्य

चार दिनअघि परेको चट्याङले संखुवासभाको भोटखोलामा रहेको नेपाल टेलिकमको माक्पालुङ टावर बिगारेपछि सञ्चार सेवा ठप्प भएको छ ।

उत्तरी नाका वैशाख २५ गतेदेखि खुल्ने 

उत्तरी नाका वैशाख २५ गतेदेखि खुल्ने 

आनन्द गौतम

उक्तरी चीनसँग जोडिएका ताप्लेजुङ र संखुवासभाका नाका वैशाख २५ देखि खुल्ने भएका छन् । चीनका अधिकारीले अप्रिल ७ देखि आउन सीमावर्ती क्षेत्रका बासिन्दालाई खबर गरेका हुन् । 

डढेलो बस्तीमा सल्कँदा घरमा क्षति, थलथले बजार जोखिममा

डढेलो बस्तीमा सल्कँदा घरमा क्षति, थलथले बजार जोखिममा

रमेशचन्द्र अधिकारी

धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ स्थित भन्ज्याङ सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्कँदा एक घरमा क्षति पुगेको छ । 

नि:शुल्क उपचारका लागि १० प्रतिशत शय्या छुट्याउन अस्पताललाई विराटनगर महानगरको निर्देशन

नि:शुल्क उपचारका लागि १० प्रतिशत शय्या छुट्याउन अस्पताललाई विराटनगर महानगरको निर्देशन

विनोद भण्डारी

विराटनगर महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि १० प्रतिशत बेड अनिवार्य  छुट्याउन निर्देशन दिएको छ ।

डढेलोपीडित परिवारलाई ५० हजार र जस्तापाता

डढेलोपीडित परिवारलाई ५० हजार र जस्तापाता

कान्तिपुर संवाददाता

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले डढेलोबाट घरबारविहीन बनेका परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै डढेलोबाट अन्य भौतिक क्षति भएकाको हकमा प्रतिपरिवार २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको पालिका अध्यक्ष असीम राईले बताए ।

कोशी बाट थप
मधेसमा १० महिनामा १५.९६ प्रतिशत बजेट मात्र खर्च

मधेसमा १० महिनामा १५.९६ प्रतिशत बजेट मात्र खर्च

सन्तोष सिंह

सत्ता गठबन्धनमा फेरबदल र प्रशासनिक नेतृत्व पनि बदलिइराख्दा मधेस प्रदेशमा आर्थक वर्ष २०८०/०८१ को १० महिनामा करिब १५.९६ प्रतिशत मात्र बजेट खर्च भएको छ । मन्त्रालयहरुमा सचिव र कर्मचारी समेत पर्याप्त नहुँदा प्रदेश सरकारको बजेट खर्च प्रभावित बनेको हो ।

‘आङ खस्ने समस्या मधेशका महिलामा पनि व्यापक’

‘आङ खस्ने समस्या मधेशका महिलामा पनि व्यापक’

शंकर आचार्य

पाठेघर खस्ने समस्या मधेशका महिलामा समेत व्यापक रहेकाले त्यस सम्बन्धी सचेतना आवश्यक रहेको सरोकारवालाहरुले औंल्याएका छन् । हेल्थ मिडिया प्रालि, नारायणी अस्पताल र राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रको संयुक्त आयोजनामा शनिबार वीरगन्जमा सम्पन्न ‘पाठेघर खस्ने समस्या सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रम’ मा सरोकारवालाहरुले यस्तो औंल्याएका हुन् । 

सर्लाहीको विष्णु गाउँपालिकामा भीषण आगलागी, ७२ घर जलेर नष्ट

सर्लाहीको विष्णु गाउँपालिकामा भीषण आगलागी, ७२ घर जलेर नष्ट

ओमप्रकाश ठाकुर

भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिकाको एक बस्तीमा भीषण आगलागी भएको छ । आगलागीबाट ७२ घर जलेर नष्ट भएको छ ।

अवैध रूपमा भित्र्याइएका भारतीय कुखुरा नष्ट

अवैध रूपमा भित्र्याइएका भारतीय कुखुरा नष्ट

शिव पुरी

रौतहटको बौधिमाई नगरपालिका-७ मा बिहीबार भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको भारतीय कुखुरा जिल्ला प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ ।

महोत्तरीका आगलागीपीडितलाई बास उठ्ने चिन्ता, बस्तीमै घर बनाइदिन माग

महोत्तरीका आगलागीपीडितलाई बास उठ्ने चिन्ता, बस्तीमै घर बनाइदिन माग

सुनिता बराल

महोत्तरीको मटिहानी-६ जरलहवा गाछीका ८० वर्षका वृद्ध इलिहास अन्सारीले आगलागीपछि बस्ती छोड्न मानेनन् । चर्को गर्मी,असहज परिस्थिति र बस्तीमा बतासले बत्याउने धुलोको भूमरीमै परेर पनि उनले सबै ठिक छ, झैं गरिरहे ।

वीरगञ्जमा नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ

वीरगञ्जमा नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ

भूषण यादव

प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एकजना भारतीयसहित दुईजनालाई वीरगञ्जमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार साँझ विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगञ्ज महानगरपालिका– ९ घन्टाघर अगाडिको सडकमा पैदल हिँडिरहेका दुईजनालाई जाँच गर्दा एक लाख २३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको हो । 

मधेस बाट थप
हेटौंडामा वाग्मती विश्वविद्यालयको कार्यालय स्थापना 

हेटौंडामा वाग्मती विश्वविद्यालयको कार्यालय स्थापना 

प्रताप विष्ट

वाग्मती प्रदेश सरकारले हेटौंडामा वाग्मती विश्वविद्यालयको कार्यालय स्थापना गरेको छ । हेटौंडा उपमहानगरपालिका—८ मा वाग्मती विश्वविद्यालय सम्पर्क कार्यालयको वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार उद्घाटन गरेका हुन् । 

काभ्रेको बेथानचोकमा एक घर जल्यो 

काभ्रेको बेथानचोकमा एक घर जल्यो 

ज्योती श्रेष्ठ

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–६ स्थित भुग्देउमा विद्युत् सर्ट आगजनी हुँदा एक घर जलेर नष्ट भएको छ । शनिबार राति १०:४५ बजे स्थानीय सुदीप ओझाको घरमा विद्युत् सर्ट भई आगजनी हुँदा पूर्ण रूपमा क्षति भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । 

बस्तीमै पुगेर आँखाको शल्यक्रिया 

बस्तीमै पुगेर आँखाको शल्यक्रिया 

ऋषिराम पौड्याल

‘लौ डाक्टर साब मैले त तपाईंलाई छर्लङ्ग पो देखें,’ ७८ वर्षीय कार्साङ लामाले खुशी हुँदै भने, ‘अब त एक्लै घर जान सक्छु ।’ जुगल गाउँपालिका लेकालीबस्ती गोल्चे गाउँका कार्साङ दुवै आँखा देख्ने भएर घर फर्के । मोतियाबिन्दुका दुवै आँखा बन्द भएर घरमै थलिएका उनी संसार देख्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छन् । भन्छन्, ‘मान्छे पनि देउतै रहेछ ।’ 

मेलम्चीको मुहान सार्नेबारे विज्ञसँग छलफल भइरहेको छ : मन्त्री राई

मेलम्चीको मुहान सार्नेबारे विज्ञसँग छलफल भइरहेको छ : मन्त्री राई

अनिश तिवारी

खानेपानी तथा सरसफाई मन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी आयोजनाको मुहान सार्ने विषयहरुमा विज्ञहरुसँग उच्चस्तरीय छलफल भइरहेको बताएका छन् । शनिवार बाढीले ध्वस्त बनाएको मेलम्चीको मुहान क्षेत्र पुगेका मन्त्री राईले अवलोकनपछि मुहान सार्ने विषयमा छलफल भइरहेको खुलाएका हुन् । 

कालिञ्चाेक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु

कालिञ्चाेक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु

केदार शिवाकोटी

कालिञ्चाेक भगवती दर्शन गर्न गएका एक वृद्धकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-२  तिखातलका ६५ वर्षीय गाेलान्दर विक रहेकाे प्रहरीले जनाएकाे छ ।

काभ्रेको पात्लेखेतमा सवारी दुर्घटना हुँदा ६ जना घाइते 

काभ्रेको पात्लेखेतमा सवारी दुर्घटना हुँदा ६ जना घाइते 

ज्योती श्रेष्ठ

काभ्रेस्थित बीपी राजमार्गअर्न्तगत धुलिखेल नगरपालिका ११ पात्लेखेतमा इलेक्ट्रिक भ्यान दुर्घटना ६ जना घाइते भएका छन् । 

वाग्मती बाट थप
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, के गर्छ राप्रपा ?

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, के गर्छ राप्रपा ?

प्रतीक्षा काफ्ले

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै छन् । दिउँसो तीन बजे बस्ने प्रदेशसभाको वैठकमा उनले विश्वासको मत लिने हुन् । यसका लागि प्रदेशसभा सचिवालयमा विश्वासको मत लिनको लागि प्रस्ताव पेस गरिसकेका छन् ।

विद्यार्थी अभावले बागलुङका दुई विद्यालय बन्द, ३१ को कक्षा घटाइयो

विद्यार्थी अभावले बागलुङका दुई विद्यालय बन्द, ३१ को कक्षा घटाइयो

प्रकाश बराल

विद्यार्थी संख्या शून्यनजिक झरेपछि बागलुङ नगरपालिकाले २ वटा विद्यालय बन्द (स्थगन) गरेको छ । ३१ विद्यालयको कक्षा घटाइएको छ । नेपालमै सबैभन्दा धेरै १ सय ४ विद्यालय रहेको बागलुङ–९ को रानीभूमे र सरस्वती आधारभूत विद्यालयको पढाइ स्थगन गरेको हो ।

मह सिकार : सिजनको सुरुआतमै कोसेली माग

मह सिकार : सिजनको सुरुआतमै कोसेली माग

हरिराम उप्रेती

भीर मौरीको मह काढ्ने सिजन सुरु हुनु अगावै अजिरकोट गाउँपालिका–२ ओलाङकी सुनमाया गुरुङलाई महको अडर आइसक्यो । काठमाडौं, भारत र बेलायतमा रहेका आफन्तले समेत भीर मौरीको मह पठाइदिन आग्रह गरेका छन् ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रतीक्षा काफ्ले

लागूऔषध मुद्दामा एक वर्ष ११ महिना १९ दिन कैद सजाय र एक लाख दुई हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

गण्डकी प्रदेश सभाको बैठक आइतबार बस्दै, मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने  

गण्डकी प्रदेश सभाको बैठक आइतबार बस्दै, मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने  

प्रतीक्षा काफ्ले

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशनको दोस्रो बैठक आइतबार बस्ने भएको छ । संसद सचिवालयका अनुसार आइतबार दिउँसो ३ बजे वैठक बस्ने छ । सोही दिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

पोखरा-मुग्लिन सडक खण्ड : सदरमुकामका बासिन्दाले मुआब्जा लिए, संरचना हटाएनन् 

पोखरा-मुग्लिन सडक खण्ड : सदरमुकामका बासिन्दाले मुआब्जा लिए, संरचना हटाएनन् 

सम्झना रसाइली

साविक दुई लेनमा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । निर्माण पक्षले सडक विस्तारका लागि नाला बनाउने, सडक कालोपत्रे गर्ने, बजार क्षेत्रका भौतिक संरचनाहरु हटाउने, विद्युतका पोल स्थानान्तरण तथा पुल निर्माणका कार्यलाई तीव्रता दिएको छ ।

गण्डकी बाट थप
पाल्पा रामपुरको राम्चे सामुदायिक वनमा भीषण डढेलो 

पाल्पा रामपुरको राम्चे सामुदायिक वनमा भीषण डढेलो 

माधव अर्याल

रामपुर बजारनजिके राम्चे सामुदायिक वनमा भीषण डढेलो लागेको छ । शनिबार अपरान्हदेखि सुरु भएको डढेलो राम्चे वनको झाँक्री थानभन्दा माथिल्लो भागबाट सुरु भएको हो  । डढेलोले भीषण रूप लिएपछि रामपुर बजार क्षेत्रका बासिन्दासमेत त्रसित भएका छन् । 

माटोको ढिस्कोले पुरिएर देउरानीको मृत्यु, जेठानी घाइते 

माटोको ढिस्कोले पुरिएर देउरानीको मृत्यु, जेठानी घाइते 

गगनशिला खड्का

गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

बुद्ध जयन्ती मनाउन बजेट अभाव

बुद्ध जयन्ती मनाउन बजेट अभाव

मनोज पौडेल

बजेट अभावले २५६८ औं बुद्ध जयन्तीको तयारी हुन सकेको छैन् । बुद्ध जन्मस्थल लुम्बिनीमा विगतमा भब्य रुपमा मनाइदै आएको बुद्धजयन्ती यो वर्ष औपचारिकतामा सीमित हुने देखिएको छ ।

बढी भाडा असुल्ने सातजना ट्याक्सी व्यवसायी कारबाहीमा

बढी भाडा असुल्ने सातजना ट्याक्सी व्यवसायी कारबाहीमा

माधव ढुंगाना

तोकिएकोभन्दा बढी भाडा असुल्ने सातजना ट्याक्सी व्यवसायी कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले भैरहवाको विभिन्न स्थानमा स्थलगत अनुगमन गरी उनीहरुमाथि कारबाही गरेको हो ।

लुम्बिनी प्रदेशको बजेट ३० प्रतिशतले घट्ने

लुम्बिनी प्रदेशको बजेट ३० प्रतिशतले घट्ने

वीरेन्द्र केसी

कार्यसम्पादनमा सबैभन्दा कमजोर रहेको लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशत बजेट घट्ने भएको छ । यसरी बजेट घट्दा विकास निर्माणका योजना र कार्यक्रममा रकम घट्ने गरी बजेट ल्याउने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयले गृहकार्य थालेको छ ।   

भन्सार छलेर भित्र्याइएका सामान बरामद

भन्सार छलेर भित्र्याइएका सामान बरामद

दीपेन्द्र बडुवाल

जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलेर भित्र्याइएका खाद्यान्न तथा घरायसी उपयोगका सामान बरामद गरेको छ । जिल्ला प्रहरीले विभिन्न स्थानमा गरेको जाँचका क्रममा भन्सार छलेर भित्र्याइएका १४ लाख ३६ हजार ७० रुपैयाँ बराबरका सामान बरामद गरेको र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको जनाएको छ । 

लुम्बिनी बाट थप
सुत्केरी बचाउन सेनाद्वारा हेलिप्याड निर्माण 

सुत्केरी बचाउन सेनाद्वारा हेलिप्याड निर्माण 

तुलाराम पाण्डे

जटिल अवस्थाका सुत्केरी महिला तथा विपद्मा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाको कालीकोटको शुभकालिका-५ सुकाटियामा हेलिप्याड निर्माण गरेको छ । सेनाले चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजना अर्न्तगत विनियोजित १० लाख बजेट खर्च गरेर एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको हो।

सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा सुरु

सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा सुरु

डीबी बुढा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलन वैशाख २२ र २३ गते दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ ।  

अटो वर्कसप तथा मोटरसाइकल सोरुममा आगलागी हुँदा ६ लाख बराबरको क्षति 

अटो वर्कसप तथा मोटरसाइकल सोरुममा आगलागी हुँदा ६ लाख बराबरको क्षति 

विप्लव महर्जन

जिल्लाको शारदा नगरपालिका १ श्रीनगर बजारमा सञ्चालनमा रहेको खैराबाङ भगवती अटो वर्कसप तथा बजाज सोरुममा शुक्रबार बिहान ११ बजे भएको आगलागीबाट ६ लाख बराबरको क्षति भएको छ । 

लागुऔषध मुद्दामा दोषी ठहर भएका २ जना २२ वर्षपछि पक्राउ 

लागुऔषध मुद्दामा दोषी ठहर भएका २ जना २२ वर्षपछि पक्राउ 

विप्लव महर्जन

लागुऔषध मुद्दामा दोषी ठहर भएपछि फरार रहेका दुई जनालाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ । बन्गाड कुपिण्डे नगरपालिका-४ का वर्ष ७० का मनबहादुर पुन भन्ने मनवीर पुन मगर र वर्ष ६७ का प्रेमबहादुर पुन भन्ने गोबर्द्धन पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

एमाले जुम्लाको अध्यक्षमा महतको प्यानल निर्वाचित

एमाले जुम्लाको अध्यक्षमा महतको प्यानल निर्वाचित

डीबी बुढा

नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । नवौं जिल्ला अधिवेशनले अध्यक्षमा महतलाई निर्वाचित गरेको हो । अध्यक्ष महतसहित उनको प्यानल पुरै बिजयी बनेको छ । उनले अध्यक्षका अर्का प्रत्यासी धीरेन्द्रराज गिरीलाई ५९ मतान्तरले पराजित गरे ।

डढेलो बस्तीमा सल्किएपछि ११ घरगोठ जलेर नष्ट

डढेलो बस्तीमा सल्किएपछि ११ घरगोठ जलेर नष्ट

विप्लव महर्जन

जिल्लाको छत्रेस्वरी गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाको विभिन्न सामुदायिक वनमा लागेको भिषण डढेलो बस्तीमा सल्किएपछि बुधबार ११ घरगोठ जलेर नष्ट भएको छ । डढेलोबाट छत्रेस्वरीमा ७ र बन्गाड कुपिण्डेमा ४ घरगोठ जलेका हुन् । 

कर्णाली बाट थप
सुदूरपश्चिममा विश्वासको मत दिन एमालेको आनाकानी

सुदूरपश्चिममा विश्वासको मत दिन एमालेको आनाकानी

अर्जुन शाह

मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमाले तयार नभएपछि सुदूरपश्चिममा शनिबार बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन शुक्रबार बोलाएको प्रदेशसभा बैठक अन्तिम समयमा स्थगित गरी शनिबार सारिएको थियो । तर शनिबार पनि एमालेले आनाकानी गरेपछि प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

दोदा नदीमा डुबेर २ को मृत्यु, २ घाइते

दोदा नदीमा डुबेर २ को मृत्यु, २ घाइते

भवानी भट्ट

कञ्चनपुरको बेलौरी नगरपालिका ५ मा दोदा नदीमा शनिबार पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । 

दुई वर्षदेखि ‘लाइसेन्स’ वितरण ठप्प

दुई वर्षदेखि ‘लाइसेन्स’ वितरण ठप्प

भवानी भट्ट

बेलौरीका गोकर्णप्रसाद उपाध्यायले झण्डै एक वर्षअघि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणका लागि आवेदन दिएका थिए । राजस्व तिर्नेदेखि सबै प्रक्रिया पूरा गर्दा पनि उनले अझै सवारी चालक अनुमतिपत्र प्राप्त गरेका छैनन् ।

विश्वासको मतका लागि आह्वान भएको बैठक दोस्रो दिन पनि स्थगित 

विश्वासको मतका लागि आह्वान भएको बैठक दोस्रो दिन पनि स्थगित 

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शनिबार आह्वान भएको बैठक पनि स्थगित भएको छ । एमालेले विश्वासको मत नदिने भनेपछि शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित गरी शनिबारका लागि सारिएको थियो ।

एमाले अडानपछि विश्वासको मत लिन बोलाइएको बैठक स्थगित

एमाले अडानपछि विश्वासको मत लिन बोलाइएको बैठक स्थगित

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन आह्वान गरिएको बैठक स्थगित भएको छ । एमालेले शुक्रबारको तालिकामा विश्वासको मत नदिने बताएपछि पूर्वनिर्धारित प्रदेश सभा बैठक स्थगित भएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेपनि बहुमत प्राप्तिको आधार अझै अनिश्चित

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेपनि बहुमत प्राप्तिको आधार अझै अनिश्चित

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिन गरेको तयारी अनिश्चित बनेको छ । प्रदेश सभा सचिवालयले मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार अपरान्ह्र ५ बजेका लागि बैठक आह्वान गरेको छ ।

सुदूरपश्चिम बाट थप

मर्मत-सम्भारमा कर तिर्नुपर्ने कानुनी प्रावधान छैन : आइस्पान 

रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) करसम्बन्धी लामो समयदेखि जारी विवादमा इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)ले मर्मत सम्भार शुल्कबापत लिएको रकममा सो कर नलाग्ने जिकिर दोहोर्‍याएको छ । संस्थाले आइतबार जारी गरेको विज्ञप्तीमा गैरदूरसञ्चार सेवामा रोयल्टी र आरटीडीएफ दस्तुर तिर्नुपर्ने कानुनी प्रावधान नभएको उल्लेख छ ।  

मनोबल बढाउने जित

आसन्न ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि नेपालले १५ सदस्यीय खेलाडी सूचीको नाम सार्वजनिक गरेको तीन दिनमात्र भएको छ । अनिल साह र सागर ढकालले ठूलो प्रतिस्पर्धाबीच अन्तिम समयमा अर्को महिना विश्वकप खेल्ने टोलीमा आफ्नो स्थान पक्का गरेका थिए । 

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

इर्लिङ हल्यान्डले इंग्लिस प्रिमियर लिगमा पहिलो पटक एकै खेलमा चार गोल गरेपछि म्यानचेस्टर सिटीले शनिबार उल्भ्सलाई ५–१ ले हराएको छ र लिग उपाधिनजिक पुगेको छ । सिटीलाई लगातार चौथो उपाधि जित्न अब तीन जित आवश्यक रहनेछ ।

ला लिगा : रियलले जित्यो कीर्तिमानी ३६औं उपाधि

रियल म्याड्रिडले शनिबार कीर्तिमानी ३६ औं पल्ट स्पेनी ला लिगाको उपाधि जितेको छ । जिरोनाले बार्सिलोनालाई ४–२ ले हराएपछि रियलले उपाधि जित्ने निश्चित भएको हो ।

बेंगलुरुको लगातार तेस्रो जित

कप्तान फाफ डु प्लेसिस र विराट कोहली ब्याटबाट चम्केपछि रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सलाई शनिबार चार विकेटले हराएको छ । बेंगलुरुको यो लगातार तेस्रो जित हो र यससँगै टिमको प्ले–अफ खेल्ने झिनो सम्भावना कायम रह्यो ।

कामनपा र मध्यपुर थिमि सेमिफाइनलमा, यमनको ह्याट्रिक

काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका गोदावरीमा भइरहेको प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।

आयुष्नोभा बनिन् 'मिस इन्टरकन्टिनेन्टल नेपाल'

डाक्टर आयुष्नोभा ढुंगाना 'मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित भएकी छिन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित 'मिस्टर एन्ड मिस नेस्नल नेपाल २०२४'मा ढुंगानाले यो उपाधि जितेकी हुन् । 

बिहार चुनावमा ‘जातीय फ्याक्टर’ निर्णायक

बिहारमा पटनापछिको प्रमुख सहर हो– मुजफ्फरपुर । नेपालसँग सीमा जोडिएका बिहारका जिल्लाको केन्द्र र उत्तर बिहारको अघोषित राजधानी मुजफ्फरपुरलाई मानिन्छ । नेपालको सीमाबाट ८० किलोमिटरभित्र रहेको यस सहरको चुनावी राजनीति अन्यत्रको भन्दा फरक छ । चुनावको मुखमा कांग्रेस वा अन्य पार्टीबाट भाजपामा जानेको संख्या ठूलो देखिँदा यहाँ भने भाजपाबाट लगातार दुई पटक विजयी सांसद कांग्रेस प्रवेश गरेर चुनाव लडिरहेका छन् ।

सन् १७९९ मा आजकै दिन : भारतीय शासक टिपु सुल्तानको मृत्यु 

सन् १७९९ मा आजकै दिन (मे ४) मा भारतीय शासक टिपु सुल्तानको मृत्यु भएको थियो । उनी दक्षिण भारतस्थित मैसुरका मुस्लिम शासक थिए । १७५१ मा भारतको देवनहल्लीमा जन्मिएका सुल्तान ‘टाइगर अफ मैसुर’ को उपनामले चर्चित थिए । 

भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन

भारतीय कम्युनिस्ट पार्टी(सीपीआई) का राष्ट्रिय सचिव अतुलकुमार अन्जानको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार बिहान लखनऊमा अन्जानको निधन भएको हो । उनी ६९ वर्षका थिए ।

कांग्रेस नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेलीबाट पनि उम्मेदवार बन्दै

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेली लोकसभा सिटबाट समेत उम्मेदवार बन्ने भएका छन् । राहुलले यसअघि केरलको वायनाड लोकसभा क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । 

सन् १९९७ मा आजकै दिन : ब्लेयर बेलायतको प्रधानमन्त्री 

सन् १९९७ मा आजकै दिन (मे २) मा बेलायतको प्रधानमन्त्रीमा टोनी ब्लेयर निर्वाचित भएका थिए । उनी कन्जरभेटिभ पार्टीको १८ वर्ष लामो शासन अन्त्य गर्दै प्रधानमन्त्री निर्वाचित भएका थिए । त्योसँगै ब्लेयर १८१२ पछि बेलायतको प्रधानमन्त्री हुने सबैभन्दा कान्छा राजनीतिज्ञसमेत बनेका थिए । 

सामाजिक कर्ममा ‘इलाम ग्रिन’

ठीक १२ वर्षअघि अर्थात सन् २०१२ तिर स्थानीय तह कर्मचारीहरूकै अधीनमा थियो । त्यो जनप्रतिनिधिविहीन समयमै पर्यटकीय गन्तव्य इलामलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानको शंखघोष भएको थियो । त्यस्तै अभियान अन्य जिल्लाले पनि थालेका थिए तर इलाममा जस्तो अन्त प्रभावकारी हुन सकेन ।

बहाल कर नतिरेपछि ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ लाई काठमाडौं महानगरद्वारा पत्राचार

‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौँ महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ ।  आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन । ‘पिपुल्स प्लाजा’ ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जनाएको छ ।  

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.