इलाम-२ मा ११ बजेपछि मतगणना हुने
इलाम-२ मा ११ बजेपछि मतगणना हुने भएको छ । सर्वदलीय बैठकले बिहान ११ बजे पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए।
इलाम-२ मा ११ बजेपछि मतगणना हुने भएको छ । सर्वदलीय बैठकले बिहान ११ बजे पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए।
भुमे गाउँपालिका–३ झुम्लाबाङमा फलाम खानी रहेको पुष्टि भएको छ । विभिन्न चरणमा गरेको अध्ययन–अनुसन्धानबाट यो देशकै सबैभन्दा ठूलो फलाम खानी हुने खानी तथा भूगर्भ विभागले जनाएको छ । झुम्लाबाङमा धेरै वर्षपहिले तामाखानी रहेको विषयलाई आधार बनाई यसको अध्ययन गर्न गत वर्ष जेठमा विभागअन्तर्गतको खनिज प्रवर्द्धन तथा प्रशोधन केन्द्रका जियोलोजिस्ट सौनक भण्डारीको नेतृत्वमा दुई सदस्यीय टोली झम्लाबाङ पुगेर प्रारम्भिक रूपमा हेर्दा तामाभन्दा फलामको सम्भावना देखिएको थियो ।
मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आइतबार सुरु हुँदै छ । सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने नेपाल लगानी बोर्डले जनाएको छ ।
स्वदेशी तथा विदेशी लगानी भिरयाउने लक्ष्यका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आइतबार (आज) सुरु हुँदै छ । लगानीकर्तालाई आकर्षित गर्न सरकारले अध्यादेशबाट १० वटा कानुनसमेत संशोधन गरिसकेको छ । सम्मेलनमा ९ खर्ब रुपैयााका १ सय ५० परियोजनामा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आह्वान पनि गरिँदै छ ।
नौ महिनादेखि ब्यान्डविथ खरिदबापतको भुक्तानी नदिएकाले भारतीय कम्पनीहरूले नेपालको इन्टरनेट काटिदिने चेतावनी दिएको नेपालका इन्टरनेट सेवा प्रदायकहरूले बताएका छन् । भारतीय एयरटेलले ब्यान्डविथ रकम भुक्तानी नगरे इन्टरनेट सेवा अवरुद्ध हुने भनी यसै साता पत्र काटेको इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था (आईस्पान) ले जनाएको छ ।
मुलुकमै पहिलो पटक बिजुलीको उज्यालो दिएको फर्पिङ जलविद्युत् केन्द्र अहिले आफैं उज्यालो खोज्नुपर्ने अवस्थामा पुगेको छ । १ सय १२ वर्षअघि यही जलविद्युत् केन्द्रले पहिलो पटक काठमाडौंमा उज्यालोको आभास दिएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक पार्टीमा आबद्ध शिक्षकको पहिचान गर्न निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण माग गरेको छ । दलीय आबद्धता भएका शिक्षकलाई कारबाही गर्न सहज होस् भनेर आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गर्दै बिहीबार पत्राचार गरिएको शिक्षामन्त्री सुमना श्रेष्ठको सचिवालयले जनाएको हो ।
कमबोडियाको कम्पोङ स्पेउ प्रान्तको चबरमोर्न सहरको सैन्य क्षेत्र ३ को हतियार भण्डारणस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ।
सर्वोच्चको संवैधानिक इजलास, कानुन व्यवसायी र सञ्चारमाध्यमलाई आक्रमण गर्न बनाइएको ‘फेक अडियो’ लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ‘नोटिस’ मा लिएको जनाएको छ । राज्यका संवेदनशील निकायप्रति हिलो छ्याप्ने काममा अख्तियारको नाम दुरुपयोग भएकाले यो विषयमा आयोगका अधिकारीहरूले आफ्नो धारणा बाहिर ल्याउने बताएका छन् ।
सरकारले बजेट सुनिश्चित नगर्दा २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत् आयोजना निर्माणको काम सुरु हुन सकेको छैन । २८ वर्षअघि अध्ययन सुरु गरिएको साँफेबगर नगरपालिका–१० स्थित बुढीगंगा जलविद्युत् आयोजना खाडी मुलुक कतार र साउदी अरबको ऋण लगानीमा नेपाल सरकारले निर्माण गर्न लागेको हो । आयोजना निर्माणबापत नेपाल सरकारले लगानीको स्रोत सुनिश्चित नगर्दा काममा ढिलाइ भएको छ ।
कर्णालीका मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएको दुई साता बितिसक्दा पनि सरकार विस्तार नहुँदा यसअघिको सरकारले वैशाख १९ र २० मा प्रदेश राजधानी वीरेन्द्रनगरमा तय गरेको लगानी सम्मेलन अन्योलमा परेको छ ।