माओवादीद्वारा मारिएका दैलेखका पत्रकार डेकेन्द्र थापाले कणर्ाली तीरमा बसेर कुनै बेला यसरी नै गाएका थिए । यो गीतलाई ध्रुव बस्नेतले खिचेका थिए ख्यालख्यालैमा । डेकेन्द्र हत्यालाई लिएर मुलुक तातिरहेका बेला ध्रुवले यो गीत सार्वजनिक गरेका छन् । पीडितलाई न्याय दिलाउने अभियानलाई बल पुर्याउन वृत्तचित्र निर्माता ध्रुवले यो गीतलाई बुधबार युट्युब मार्फत् सार्वजनिक गरेका हुन् ।
कणर्ाली किनारमा ढाका टोपी र खैरो इस्टकोट लगाएका डेकेन्द्रले दैलेखी भाकामा गाइरहेको भिडियो २ मिनेट २० सेकेन्ड लामो छ । ध्रुवले द्वन्द्वकालमा जिविसको काममा दैलेख जाँदा डेकेन्द्रले गरेको मित्रवत् सहयोग र मिलनसार व्यवहारलाई पनि सम्झे । 'यो भिडियो त्यही बेला खिचेको थिएँ,' ध्रुवले कान्तिपुरसँग भने, 'उनी कणर्ालीको तीरमा बसेर एकतमास गाइरहेका थिए, मैले जिस्किँदै कैद गरिहालें ।' डेकेन्द्रसँगको पुरानो संझनाको चिनोलाई अहिले सान्दर्भिक लागेर सार्वजनिक गरेको उनले बताए ।
कणर्ालीको परिवेश, विकास र परिवर्तनका भाव झल्कने गीत गाएका डेेकेन्द्र समाज रूपान्तरण र विकासबारे सधैं चिन्तन रहने व्यक्तित्व रहेको समेत ध्रुवले दाबी गरे । उनले 'रक्ताम्य गराहरू', 'स्कुल्स इन द क्रस फायर', 'बरु मारिदिएको भए जाती हुन्थ्यो' जस्ता द्वन्द्व सम्बन्धी डकुमेन्ट्री बनाइसकेका छन् ।
प्रकाशित मिति: २०६९ माघ ५ ०८:४१
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
चार दल र चार गते... उस्तै सुनियो !... तेत्तीस गते भन्नुभा भे कति राम्रो सुनिन्थ्यो !