Kantipur

Kantipur

मिति | २०७० असार ६, बिहीवार     Login | Register
खेलकुद»

सुदूरपश्चिम र मध्यमाञ्चल बराबर

धनगढी, पुस ११ -
महिला राष्ट्रिय लिगमा तेस्रो स्थानका लागि महत्त्वपूर्ण अंक सावित हुने बुधबारको खेलमा घरेलु टिम सुदूरपश्चिमले मध्यमाञ्चलसँग बराबरीमा चित्त बुझाएको छ ।  घरेलु दर्शकको निकै साथ पाएको सुदूरपश्चिमले अन्त्िाम समयसम्म प्राप्त गरेका थुर्पै अवसरलाई सदुपयोग गर्न नसक्दा जित हासिल गर्न सकेन । सुदूरपश्चिमलाई लिगको तेस्रो स्थानमा उक्लिनुपर्ने दबाब थियो । टिम प्रशिक्षक ललित चन्दले भने, 'मध्यमाञ्चललाई जित्दा तेस्रो स्थानका लागि महत्त्वपूर्ण अंक आउँथ्यो ।' अब सुदूरपश्चिमले तेस्रो स्थान जमाउन आर्मीलाई जित्न अनिवार्य भएको छ । आर्मीको ६ खेलमा १३ अंक छ भने सुदूरपश्चिमले ६ खेलमा  ११ अंक बुटलेको छ । 'जसरी पनि खेल जित्ने भनेर खेलाडीलाई आक्रामकको रणनीतिमा खेलाएका थियौं,' प्रशिक्षक चन्दले भने, 'तर विपक्षी टिमले झनै काउन्टर एट्याकमा खेल खेल्यो ।' मध्यमाञ्चलका लागिसमेत अंक बाँड्नुभन्दा खेललाई जितको नतिजामा पुर्‍याउन महत्त्वपूर्ण थियो । त्यसैले सुरुबाटै आक्रामक भई खेलेको मध्यमाञ्चलले समेत थुर्पै अवसरमा गोल गर्न सकेन । 'चौथो स्थानमा उक्लिन जित्न जुरुरी थियो,' मध्यमाञ्चलका प्रशिक्षक कुमार कटुवालले भने, 'अंक बाँड्दा कुनै अर्थ थिएन । पाँचौं स्थानमै थियौं ।'  दोस्रो खेलमा मध्यपश्चिमाञ्चललाई पश्चिमाञ्चलले २-० ले पराजित गर्‍यो । पश्चिमाञ्चलका तर्फबाट शिला खड्काले ३३ आंै र दिव्या रानाले ३७ औं मिनेटमा गोल गरे । पश्चिमाञ्चलको ६ खेलमा यो पहिलो जित हो । जितसँगै पश्चिमाञ्चलले ३ अंक ल्याएको छ ।

प्रकाशित मिति: २०६९ पुस १२ ०८:३४

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-06-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

...कम्तिमा मंसिरसम्मलाई भए’नि मेरा मतदाता नबगुन् ! दया होस्, पर्भु !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication