कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

बाहुनडाँडामा प्रहरी चौकीको भवन निर्माण

आश गुरुङ

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका-६, बाहुनडाँडामा प्रहरी चौकी भवन निर्माण गरिएको छ । ३ करोड १० लाख ४९ हजार ६ सय ७८ रुपैयाँ ३२ पैसामा प्रहरी चौकीको भवन निर्माण गरिएको लमजुङ प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेले बताए ।

बाहुनडाँडामा प्रहरी चौकीको भवन निर्माण

उनका अनुसार ५ रोपनी ८ आना २ पैसा १ दाम क्षेत्रफलमा साँढे २ तले भवन निर्माण गरिएको छ । भवनमा हिरासत कक्ष २ सहित ९ वटा कोठा रहेका छन् । नवनिर्मित भवनको नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) ईन्जिनियर फडिन्द्र बरालले उद्घाटन गरे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शारदाप्रसाद चौधरी, प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरूङ, मर्स्याङ्दी गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, नेपाली सेनाका प्रमुख सेनानी चित्रबहादुर कार्की, नेपाल प्रहरीको प्राविधिक टीमका डीएसपी ईन्जिनियर ध्रुव अधिकारीलगायत थिए ।

२०७९ मंसिर २७ गते सम्झौता गरी कृष्चल कन्ट्रक्सन प्रालि गोरखाले उक्त भवन निर्माणकार्य गत मंसिर २६ गते निर्माण सकेको जिल्ला प्रहरी प्रमुख डीएसपी घलेले बताए । उनका अनुसार द्धन्दकालमा विस्थापित उक्त प्रहरी चौकी शान्ति पुनर्स्थापनासंगै पुनर्स्थापना गरिएको हो । स्थानीयको घर भाडामा लिएर बस्दै आएको प्रहरी नयाँ भवनमा सरेको उनले बताए । उक्त प्रहरी चौकीमा असईको कमाण्डमा हाल ६ जना प्रहरी बस्दै आएका छन् ।

‘भाडामा साँघुरो घरमा बस्दै आएको प्रहरी अब आफ्नै नयाँ घरमा सरेको छ । यसले सेवा प्रवाहमा चुस्त हुनेछ । नागरिकले पनि सहज रुपमा सेवा पाउनेछन्’ उनले भने ।

प्रकाशित : वैशाख १३, २०८१ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?