पर्सा -कास)- भोजपुरी साहित्यका भीष्मपितामहका रूपमा चिनिने पं. दीपनारायण मिश्रलाई रेडियो वीरगन्जले सम्मान गरेको छ । रेडियोले सोमबार आपmनो दसौं वाषिर्कोत्सवमा साहित्यकार/पत्रकार जगदीश शर्माले ८१ वषर्ीय मिश्रलाई पाँच हजार रुपैयाँको सम्मान हस्तान्तरण गरे । 'यो सम्मानले मलाई झनै ऊर्जा दिएको छ,' मिश्रले भने, 'नेपाली भाषी साहित्यकारहरू मुुकुन्द आचार्य, डा. विश्वम्भर शर्माले पनि भोजपुरी भाषा र साहित्यमा ठूलो योगदान गर्नुभएको छ । त्यसैले भोजपुरी भाषाले भाषिक र सामाजिक समावेशिता गर्ने काम पनि गरिरहेको छ ।' पत्रकार शर्माले यो उमेरमा मिश्रको भाषा र साहित्यप्रतिको लगाव उदाहरणीय र प्रेरणादायी रहेको बताए । डा. शर्मा, मास्टर तारा सिंह, उमाशंकर द्विवेदीले मिश्रको योगदान भोजपुरी भाषा र साहित्यका लागि कोशेढुंगा रहेको उल्लेख गरे । पं. मिश्रका भोजपुरीमा 'अजामिल' -खण्डकाव्य), 'अजुरीके फूल' र 'फुलझरी' -कविता संग्रह), 'असली नेता हम कहाई,' 'एघरीके धरनी' र 'ससुराली' -व्यंग्य कविता संग्रह) तथा 'करनी भरनी' -कथा संग्रह), हिन्दीमा 'उत्सर्ग' -कविता संग्रह) लगायत प्रकाशित छन् ।
सुवेदी पुरस्कृत
काठमाडौं -कास)- विश्लेषक झलक सुवेदीलाई ५० हजार रुपैयाँको 'किराँत एकेडेमी राष्ट्रिय पुरस्कार' प्रदान गरिने भएको छ । किराँत एकेडेमीले उक्त पुरस्कार दिने निर्णय गरेको हो । सुवेदीको 'बि्रटिस साम्राज्यको नेपाली मोहरा ः गोर्खा भर्तीको नालीबेली' गैरआख्यान कृति छनोट गरिएको एकेडेमीका कार्यकारी अध्यक्ष भूपाल राईले विज्ञप्तिमा जनाएका छन् । 'बि्रटिस साम्राज्य र नेपाली शासकहरूको बौद्धिक दुष्प्रभावबाट मुक्त रहेर गोर्खा भर्तीलाई नेपाली समाज, इतिहास र उत्पीडन समुदायको पक्षबाट नयाँ व्याख्या गरेका कारण सो कृतिलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो,' विज्ञप्तिमा छ । गत वर्ष 'उर्गेनको घोडा' उपन्यासलाई उक्त पुरस्कार दिइएको थियो ।
प्रकाशित मिति: २०६९ मंसिर २७ ०९:००
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !