बुटवल , मंसिर २६ -
किसानले धान स्याहरेर थन्काएको झन्डै १ महिनापछि रुपन्देहीमा मूल्य निर्धारण समितिले धानको मूल्य तोकेको छ ।
कृषि कार्यालय, प्रशासन, ख्ााद्य तथा गुण नियन्त्रण कार्यालय र किसान प्रतिनिधि सम्मिलित समितिले मोटा धानको मूल्य प्रतिक्विन्टल १ हजार ६ सय ७५ रुपैयाँ निर्धारण गरेको हो । सोना मनसुलीको १ हजार ८ सय र गोरखनाथको २ हजार रुपैयाँ तोकिएको छ ।
किसानले हाइबि्रड, राधा, राधा ४, सर्जु, बाहन चैतेचारो, सावित्री, मनसुलीलगायत विभिन्न नामका धानको जात लगाएका थिए । यी सबै तीन वर्गभित्रै पर्ने भएकाले समायोजन गरिएको कृषिका प्रमुख रामानन्द कुर्मीले बताए ।
निर्धारित मूल्य लागत अनुसार नभएको दुःखेसो किसानको छ । रुपन्देहीको ७० हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट यो वर्ष झन्डै ३ लाख ६१ हजार टन धान उत्पादन भएको कृषि कार्यालयको अनुमान छ ।
प्रकाशित मिति: २०६९ मंसिर २७ ०८:५६
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !