बझाङ प्रदेशसभा–१ मा एमाले कांग्रेसभन्दा ९ मतले अगाडि
६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा पुन: एमाले अगाडि लागेको छ । सोमबार बिहानदेखि कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले बनाएको अग्रता केही बेरअघि एमाले उम्मेदवार दमनबहादुर भण्डारीले तोडेका हुन् । उनी ९ मतले अगाडि रहेका छन् । भण्डारीले ९ हजार ८ सय ८९ मत ल्याउँदा सिंहले ९ हजार ८ सय ८० मत प्राप्त गरेका छन् ।