१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८६

'सानकन २०२४' काठमाडौंमा

काठमाडौँ — सोसाइटी अफ एनेस्थेसियोलोजिस्टस् अफ नेपाल (सान) ले २३ औं वार्षिक सम्मेलन 'सानकन २०२४' काठमाडौंमा आयोजना गरेको छ । शुक्रबारबाट सुरु भएको उक्त सम्मेलनमा नेपालमा एक सयभन्दा बढी विशेषज्ञ चिकित्सकहरूका साथै विश्वमा विभिन्न देशका ३० भन्दा बढी विशेषज्ञहरूको सहभागिता रहने छ ।

'सानकन २०२४' काठमाडौंमा

सम्मेलन शनिबारसम्म काठमाडौंको तारागाउँस्थित हयात रिजेन्सी होटलमा हुने छ ।

यो सम्मेलनमा एनेस्थेसिया, सघन उपचार र दुखाइको व्यवस्थापन क्षेत्रका विशेषज्ञहरूका साथै स्वास्थ्यकर्मीहरूको सहभागिता रहने छ । सम्मेलनमा ज्ञान आदानप्रदान, नेटवर्किङ, र एनेस्थेसियोलोजीको क्षेत्रमा नवीनतम विकास र उत्कृष्ट अभ्यासहरूका बारेमा छलफल हुने सानका सहसचिव डा. सन्दीप भण्डारीले जानकारी दिए ।

यस प्रकारका कार्यक्रमले नेपालमा एनेस्थेसियोलोजी र शल्यक्रियाको सेवा, सुरक्षा र अभ्यासको स्तरलाई स्तरोन्नति र सुधार गर्न मद्दत गर्ने उनले बताए । यसका साथै यस प्रकारका कार्यक्रमले देशको पर्यटन क्षेत्रको प्रवर्द्धनमा पनि भूमिका खेल्न सक्ने सानले दाबी गरेको छ । यस कार्यक्रममा भारत, बंगलादेश, पाकिस्तान, संयुक्त राज्य अमेरिका, श्रीलंका, माल्दिभ्स, भुटान, क्यानडा, अष्ट्रेलिया, बेलायत, चीन, जापान, मलेसिया र अन्य देशका करिब ५० विदेशी वक्ता/प्रतिनिधिहरूसहित करिब पाँच सय बढीको सहभागिता रहने अपेक्षा सानको छ ।

प्रकाशित : चैत्र १७, २०८० ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?