कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मण्डला थिएटरले मनायो 'विश्व रंगमञ्च दिवस'

काठमाडौँ — कला आफैंमा शान्ति रहेको सन्देश वाचन गर्दै मण्डला थिएटरले 'विश्व रंगमञ्च दिवस' मनाएको छ । अन्तर्राष्ट्रिय नाट्य संस्थाद्वारा प्रकाशित सन्देशलाई दयाहाङ राईले मण्डलामा बुधबार वाचन गरे । 

मण्डला थिएटरले मनायो 'विश्व रंगमञ्च दिवस'

'विश्वमा जहिले पनि हिंसा भड्काउने विचारको जगजगी चलेको छ । फरक विचारलाई प्रश्रय नदिने, विरोध गर्ने विचारको नामोनिसान मेटाउने राजनीतिको प्रभाव यथावत छ । फरक र मौलिक विचारलाई विस्थापित गरी नाफा कमाउने उद्देश्यले बजारमा भित्र्याएर गएको प्रविधिको जगजगी बढेर गएको छ । यस्ता राजनैतिक र आर्थिक चलखेलको युगमा हामीलाई कलाको महत्त्व झनै प्रस्ट भएर गएको छ विश्व अहिले पनि आतंकवादको चंगुलमा फसिरहेकै छ,' रंगकर्मी जोन फोर्सद्वारा लिखित सन्देशमा उल्लेख गरिएको छ, 'युद्ध र कलाविपरीत ध्रुवका नाम हुन् । यसको अर्थ हो, युद्धको विपरीत उभिने नाताले कला आफैंमा शान्ति पनि हो ।'

'विश्व रंगमञ्च दिवस'कै अवसर पारेर मण्डलाले 'रिफ्लेक्सन' शीर्षकमा पुस्तक पनि सार्वजनिक गर्‍यो । साथै, आगामी नाट्य महोत्सवको पनि मिति घोषणा गरिएको छ । तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२५ मा गरिने भएको छ ।

मण्डलाकै विद्यार्थीहरु मिलेर असारमा आयोजना हुने 'म्याड फेस्ट'को पनि घोषणा भएको छ ।

प्रकाशित : चैत्र १४, २०८० २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?