पाल्पाको रामपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
पाल्पा — पाल्पाको रामपुर नगरपालिका–३, रजघरामा जिप र मोटरसाइकल ठोकिँदा दुई जना गम्भीर घाइते भएका छन् ।
मोटरसाइकल चालक रामपुर नगरपालिका–१ फोक्सिङकोट बस्ने १६ वर्षीय सुनिल वि.क. र मोटरसाइकलमा सवार उनकी ४० वर्षीया आमा सेती वि.क. घाइते भएको प्रहरीले जनाएको छ ।
रामपुरबाट कावासोती जाँदै गरेको लु १ ज ३७६९ नम्बरको जिप र रामपुर आउँदै गरेको लु २१ प २९०७ नम्बरको मोटरसाइकल शुक्रबार बिहानै ठोक्किएको प्रहरीले जनाएको छ । रामपुर अस्पतालमा घाइतेको उपचार भएरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित : चैत्र १६, २०८० ०८:३४प्रतिक्रिया