कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सन् २०११ मा आजकै दिन : बेलायती राजकुमारको विवाह 

काठमाडौँ — सन् २०११ मा आजकै दिन (अप्रिल २९) मा बेलायती राजकुमार विलियमको विवाह भएको थियो । बेलायती राजगद्दीका उत्तराधिकारी विलियमले क्याथरिन मिडेल्टनसँग विवाह गरेका हुन् । 

सन् २०११ मा आजकै दिन : बेलायती राजकुमारको विवाह 

विलियम र मिडेल्टनको वैवाहिक समारोह लन्डनस्थित वेस्टमिनिस्टर अबीमा भएको थियो । उक्त समारोहमा विश्वभरबाट आमन्त्रित दुई हजार विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । समारोहपछि बकिङहम राजदरबार फर्कने क्रममा सडकछेउमा उभिएका लाखौं सर्वसाधारणले बधाई दिएका थिए ।

२०२२ सेप्टेम्बर ८ मा बेलायती महारानी एलिजाबेथ द्वितीयको मृत्यु भएपछि चार्ल्स तृतीय राजा घोषित भएका थिए । चार्ल्सले राजगद्दी सम्हालेसँगै विलियम उत्तराधिकारी घोषित भएका हुन् । उनी चार्ल्स र डायनाका जेठा छोरा हुन् । विलियम र मिडेल्टन हाल क्याम्ब्रिज र कोर्नवालका ड्युक र डचेस हुन् ।

प्रकाशित : वैशाख १७, २०८१ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?