३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

परीक्षा केन्द्रबाट ५ सयवटा मोबाइल बरामद     

शिव पुरी

रौतहट — रौतहटको विभिन्न परीक्षा केन्द्रबाट शुक्रबार जिल्ला अनुगमन समितिले परीक्षार्थीको साथबाट ५ सय थान मोबाइल बरामद गरेको छ । 

परीक्षा केन्द्रबाट ५ सयवटा मोबाइल बरामद     

परीक्षा हलभित्र मोबाइल लैजान बर्जित गरे पनि परीक्षार्थीहरुले लुकाएर लगेका मोबाइल बरामद गरिएको हो । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० अन्तर्गत जिल्लाका विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट अनुगमन समितिले परीक्षार्थीको साथमा रहेको मोबाइल बरामद गरेको हो । एसईईलाई मर्यादित, अनुशासित, शान्तिपूर्ण सम्पन्न गराउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीले बिहान विभिन्न परीक्षा केन्द्रहरु अनुगमन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सहितको टोलीले परीक्षार्थीको साथबाट मोबाइल फेला पारेको जिल्ला प्रहरीका डीएसपी एलिजा गिरीले जनाइन् । ‘नियन्त्रणमा लिइएको मोबाइलहरु परीक्षा समाप्त भएपछि मात्र सम्बन्धित परीक्षार्थीलाई जिम्मा लगाइने छ,’ उनले भनिन्, ‘परीक्षालाई मर्यादित बनाउन हामीले हरसम्भव प्रयास गरिरहेका छौं ।’

परीक्षा केन्द्रको मुख्यगेटमा सुरक्षाकर्मीले जाँच गरी छाड्ने गरे पनि परीक्षार्थीहरुले कुनै न कुनै तरिकाले परीक्षा हलमा लगेको प्रहरीले जनायो । बरामद गरिएका मोबाइल सेटमा सम्बन्धित परीक्षार्थीहरुको नाम लेखेर जिल्ला प्रहरीमा राखिएको छ ।

परीक्षामा प्रयोग भएका मोबाइलहरु एसईई सकेपछि सम्बन्धित परीक्षा केन्द्रमार्फत फिर्ता गराइने प्रहरीले जनाएको छ । जिल्लामा ३९ वटा परीक्षा केन्द्रहरु छन् । ९ हजार ४६९ जनाले एसईई दिइरहेका छन् ।

प्रकाशित : चैत्र १६, २०८० १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?