बझाङमा पनि मतगणना सुरु

बझाङ — बझाङमा पनि मतगणना सुरु भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा शनिवार भएको उपनिर्वाचनको मतगणना केहीबेरअघि सुरु भएको हो । 

बझाङमा पनि मतगणना सुरु

साइपाल गाउँपालिकाका विभिन्न मतदान केन्द्रको मतपेटिका आइतबार बिहान हेलिकप्टरमार्फत् सदरमुकाम ल्यायएको थियो । मतपेटिका स‌ंकलन भइसकेपछि सर्वदलीय बैठक गरेर केहीबेर अघि देखि मतगणना सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय बैठकले मतगणनाको आचारसंहिता तयार गरेसँगै मतगणना सुरु भएको हो । छविसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरू भएकाे हो । एकै पटक दुई ठाउँमा मतगणना भइरहेकाे छ। शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो ।

अहिले छविसपाथिभेरा गाउँपालिका १ र २ को मतगणना भइरहेको छ । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित : वैशाख १६, २०८१ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?