नेप्से दोहोरो अंकले बढ्यो, २ अर्ब ६८ करोडको सेयर कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंक (१४.३३ अंक)ले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो ०.७२ प्रतिशतले बढी हो ।

नेप्से दोहोरो अंकले बढ्यो, २ अर्ब ६८ करोडको सेयर कारोबार

यो सँगै नेप्से परिसूचक १ हजार ८ सय ८०.२७ अंकमा बन्द भएको छ । गत बिहीबार नेप्से ३.२४ अंकले घटेको थियो । आइतबार कारोबारमा आएकामध्ये १ सय ८० वटा कम्पनीको सेयर मूल्य बढ्यो, ५५ वटाको घट्यो र बाँकी ९ वटाको स्थिर रहेको छ ।

उक्त दिन ४८ हजार १ सय ८३ वटा कारोबारबाट ६८ लाख ७८ हजार १ सय ५९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत बिहीबार २ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

पछिल्ला महिनाहरुमा नेप्से परिसूचक अपेक्षित रुपमा बढ्न सकेको छैन ।

प्रकाशित : वैशाख १६, २०८१ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?