कनेक्ट आइपीएसबाट स्कुलको शुल्क तिर्दा छात्रवृत्ति पाइने
काठमाडौँ — कनेक्ट आइपीएसले स्कुलको शुल्क (फी) भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने योजना ल्याएको छ । यो योजनाअन्तर्गत २० जना भाग्यशाली विद्यार्थीले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रुपैयाँसम्मको छात्रवृत्ति रकम प्राप्त गर्नेछ ।
यहि वैशाख ३१ सम्म कनेक्ट आईपीएसबाट अनलाइन शुल्क भुक्तानी गर्दा लाहुने हुनेछ । बिजेताको घोषण कनेक्ट आईपीएसको आधिकारिक वेबसाइटबाट गरिनेछ । कनेक्ट आइपीएसबाट ७ सयभन्दा बढी स्कुलमा भुक्तानी गर्न मिल्नेछ ।
भुक्तानीकर्ताले ‘कनेक्टआइपीएस’ को वेब वा एपमा लग इन गरी क्रेडिटर्स पेमेन्ट अन्तर्गत शैक्षिक संस्था (एजुकेसनल इन्सिच्युसन) मा क्लिक गरी स्कुलस्मा क्लिक गरी लिस्टबाट भुक्तानी गर्नुपर्ने स्कुल छनोट गरी मागिएका अन्य विवरण दाखिला गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्नेछ । शैक्षिक संस्थाहरुले आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न कनेक्ट आइपीएस मा क्रेडिटरको रुपमा आबद्ध हुन सक्नेछन् ।
प्रकाशित : वैशाख ११, २०८१ १३:३१