त्रिविका पूर्व रेक्टरहरूको सुझाव : ‘नियुक्तिमा भागबन्डा नगर्नु’
त्रिभुवन विश्वविद्यालयका पूर्व रेक्टर (शिक्षाध्यक्ष) हरुले नवनियुक्त रेक्टर खड्ग केसीलाई नियुक्तिमा भागबन्डा नगर्न सुझाव दिएका छन् ।विगतमा उपकुलपति, रेक्टर, रजिष्ट्रार, डिन, क्याम्पस/विभागिय प्रमुख, सहायक डिन, सहायक क्याम्पस प्रमुख नियुक्तिमा राजनीतिक भागबन्डा गर्दा विश्वविद्यालय खस्केको उनीहरुले अनुभव सुनाए ।