गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको वैधानिकतामाथि प्रश्न उठाउँदै कांग्रेसले दायर गर्यो सर्वोच्चमा रिट
कांग्रेसले गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभामा विश्वासको मत लिएका थिए ।