३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

प्यालेससँग युनाइटेडको बिर्सनलायक हार

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसको हातबाट सोमबार बिर्सनलायक ४–० को हार बेहोरेको छ । हारले युनाइटेड आठौं स्थानमा रह्यो र अर्को सिजन युरोपमा खेल्ने सम्भावना कमजोर बन्यो ।

प्यालेससँग युनाइटेडको बिर्सनलायक हार

प्यालेसका लागि माइकल ओलिसले दुई तथा जियान–फिलिपे माटेटा र टेरिक मिचेलले एक/एक गोल गरे । प्यालेस ४३ अंकमा १४ औं स्थानमा रहेको छ । युनाइटेडको भने ५४ अंक मात्र छ ।

तस्बिरहरू : रोयटर्स

युनाइटेडमाथि प्यालेसको यो पहिलो लिग डबल हो । यो हारले युनाइटेडमा एरिक टेन ह्यागको भविष्य अझ बढी अन्यौलग्रस्त भएको छ । युनाइटेडले लिगका पछिल्ला ११ खेलबाट १० अंक मात्रै बटुलेको छ ।

प्रकाशित : वैशाख २५, २०८१ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?