काठमाडौ, माघ ४ -
मलेसिया सरकारले त्यहाँ कार्यरत आप्रवासी कामदारको तलव चरणबद्ध रुपमा वृद्धि गरेको छ । बृद्धिको जनवरीबाट शुरु भएको तलव सबै कंपनीहरुमा लागु हुन अक्टोवरसम्म पुग्छ । सरकारले पहिलोपटक निजी क्षेत्रमा कार्यरत सबै कामदारका लागि -साबाह र सरावक बाहेकका राज्यमा कार्यरतका लागि) ९ सय रिंगिट र साबाह, सरावक र लिवुवान राज्यमा 'आवासीय खर्च' अन्य राज्यमा भन्दा कम हुने हुादा एकसय रिंगिट कम अर्थात ८ सय रिंगिट पारिश्रमिक तोकेको छ ।
अघिल्लो वर्षदेखि लागू गर्ने भनिए पनि रोजगारदाता केही कंपनीले घाटामा परेको जनाएर अलिपछिबाट लागु गनै आग्रह गरेपछि सरकारले २८ डिसेम्बरमा न्युनतम पारिश्रमिक आदेश संशोधन गरी चरणबद्ध रुपमा लागु गर्ने निर्णय गरेको हो ।
मलेसियामा सीमित कतिपय कम्पनी र ३ सयभन्दा बढी पेट्रोलपम्प स्टेशनहरुमा मात्र न्युनतम पारिश्रमिक जनवरी १ देखि नै लागू भएको छ । वैदेशिक रोजगार विभागका अनुसार मेलेसियामा साना तथा मझौला कम्पनी -५ वा ५ भन्दा कम संख्यामा कार्यरत कामदार) लाई आगामी जुलाइ १ भित्र र डिसेम्बर १ भित्र सदस्यता पाएका होटल एसोसिएनका सदस्य रोजगारदाताहरुलाई अक्टोवर १ सम्म नयाँ तलबमान लागु गर्न सरकारले निर्देश गरेको छ । त्यस्तै, मलेसिएन बस अपरेटर्स एसोसिएसनमा आबद्ध रोजगारदाताहरुले अपि्रल १ र सेक्युरिटी सर्भिस एसोसिएसन मलेसियाका रोजगादातारहरुले अपि्रल १ सम्म नयाँ तलबमान लागु गर्न सरकारले भनेको छ ।
मलेसियाको मानव संशाधन तथा रोजगार मन्त्रालयमा निवेदन स्वीकृत भएका ६ सय ३५ निजी रोजगारदाता मध्ये १ देखि ७८ नम्बर सम्मका रोजगारदाताले अपि्रल १सम्म र ६ सय १६ सम्मका रोजगारदाताले जुलाई १ सम्म र बाँकीले अक्टोवर १ सम्म लागु गर्नुपर्ने छ । मलेसियाका लागि नेपाल सरकारले मासिक न्युनतम पारिश्रमिक ५ सय ४६ रिंगिट तोकेको थियो । अब नयाँ तलबमान अनुसार नै विभागले श्रम स्वीकृत दिन शुरु गरेको छ । नयाँ बृद्धि भएको तलबमा घरेलु कामदार समेटिएका छैनन् ।मलेसियामा ४ लाख भन्दा बढी नेपाली कार्यरत छन् ।
प्रकाशित मिति: २०७० जेष्ठ १२ ०५:३०
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !