दुबई, पुस १९ -
युएईमा यस वर्ष युएईमा ५५ जना नेपालीको मृत्यु भएको छ । नेपाली रोजगारदाताका लागि खाडी मुलुकमध्ये युएई राम्रो गन्तव्यको थलो बने पनि जोखिम पनि बढ्दो छ । करिब २ लाख २० हजारको हाराहारीमा नेपाली कामदार रहेको अनुमान गरिन्छ भने अझै भित्रिने क्रम पनि जारी नै रहेको छ ।
दूतावासका प्रथम सचिव लोकबहादुर क्षेत्रीका अनुसार ड्युटीमा काम गर्दागर्दै २ जना, ट्राफिक दुर्घटनामा १० जना, अन्य ३ जना, सामान्य ३५ जना र आत्महत्यामा ५ जना रहेका छन् । यस बर्ष पुरुष ५४ जना र महिला १ को मृत्यु भएको हो । सन् २०१० को तथ्यांकमा मृत्यु हुनेमा ८८ जना छ । सन् २०११ मा घटेर ६७ जनामा झरेको थियो । कतिपय नेपालीहरू विभिन्न अभियोगमा सजाय भोगेर अझैसम्म जेलमा रहेका छन् । जेलमा परेका २ जनामध्ये अमरबहादुर बमलाई दुबईमा र दुर्गाबहादुर सुनारलाई शारजहाँमा फाँसीको सजायसमेत सुनाएका छन् ।
नेपाली राजदूतावास अबुधाबी, युएईस्थित सञ्चालनमा रहेका विभिन्न संघ संस्थाहरू, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरूले बेला-बेलामा सुसूचित गर्दै जनमानसमा सूचना प्रवाह गर्दै आएको हुनाले मृत्यु दर न्यून हुँदै गएको प्रथम सचिव क्षेत्रीको दाबी छ । धेरैजसो मृत्यु हुनेमा खाना खाएर सुतेपछि सुतेको सुत्यै हुने धेरै छन् । डाक्टरको सल्लाहअनुसार एउटा मानिसले एक दिनमा
कम्तीमा ५ लिटर पानी पिउनुपर्छ । शरीरमा पानीको कमीको कारणले पनि मृत्यु हुने सम्भावना धेरै रहेको बताउँछन् । त्यस्तैगरी नेपालबाट आउंँदा गाँजा, भाङ, धतुरा, मर्चा, दबाई र मदिराहरू ल्याउन वर्जित रहेको छ । - लालप्रसाद ढेंगा