Kantipur-qatar

Kantipur

मिति | सोमबार, २०७१ कार्तिक ३     Login | Register | Issue No. 284
मेचीदेखि कालीसम्म»

"कि बच्चा नपाऊ, कि छाउपडी नपठाऊ"

अछाम, पुस १९ -
'किछाउपडी बन्द गर, कि त बच्चा जन्माउन,' जिल्ला विकास समिति सभाकक्षमा अमृता खड्काले मञ्चबाट सामाजिक कुसंस्कार पक्षधरलाई चुनौती दिइन् । करिब २ सय संख्यामा विभिन्न दलका नेता र सामाजिक कार्यकर्ताले  भरिभराउ उक्त सभाकक्षमा वृद्धा उनले भनिन्, 'हामीले जन्माएका छोरा मन्त्री, नेता र हाकिम भएर सम्मान पाउने तर हामीलाई छाउपडी भनेर सर्वत्र अपमान किन ?'

उनीसँगै अछामी महिलाहरू महिनावारी हुँदा घरबाट खेदेर पशु बाँध्ने गोठमा पठाउने कुसंस्कार नछाड्नेहरूप्रति अचेल निकै क्रुद्ध छन् । 'आफ्नै सन्तानले छाउपडी भनेर गिज्याउन थाले,' घुँघुरकोट-७ हितबाडाबाट आएकी ५८ वषर्ीया  खडाले भनिन्, 'कि त हामीले बच्चा जन्माउनै छाड्नुपर्‍यो । कि त यो प्रथा बन्द गर्नुपर्‍यो ।' सन्तान पनि जन्माउन चाहने तर महिनावारी हुँदा घरमा समेत बस्न नदिने अत्याचार सहँदै आएका यहाँका महिला पुस्तौंदेखिको उक्त  अन्यायविरुद्ध जाग्न थालेका हुन् ।  

'एकजना महिलाको नवजात शिशु छाउपडीबाटै स्यालले तानेर लग्यो, 'यहाँका महिलाहरूको पीडा उल्लेख गर्दै एक कूटनीतिक नियोगकी अधिकृतले भनिन्, 'छाउपडीमा बस्नेहरू निकै असुरक्षित छन् ।' सामाजिक कुसंस्कारको जरो  उखेल्न भनेर लागेकाहरूसमेत व्यवहारमा महिनावारी हुँदा छोइनसम्म नमान्ने गरेपछि महिलाहरू विरोधमा उत्रन थालेका हुन् ।

महिनावारी भएकालाई छोएमा देवता रिसाउने र अनिष्ट हुने रुढीवादी सोचविरुद्ध सबैलाई एक भएर

लाग्न उनीहरूले आग्रह गरेका छन् । घरबाट टाडा 'छाउपडी' मा बस्दा कतिपयमाथि यौन दुव्र्यवहारसमेत हुने गरेको छ ।

सदरमुकाम मंलगसेनमै समेत महिनावारी र सुत्केरी अवस्थामा समेत घरबाट 'छाउ खोरमा'मा पठाउने विभेदका चलनमा कमी आएको छैन । 'सभा र गोष्ठीमा भेदभाव गर्नु हुँदैन भन्छन् । तर व्यवहारमा उतार्न सकेका छैनन्,'  जिविस परिसरमा क्यान्टिन चलाएर बसेकी कमला मुडभरीले भनिन्, 'यही वरपर विभेद गर्नेहरू

छन् ।' क्यान्टिन चिया नास्ता खान आउने नेता, सामाजिक परिचालक र कर्मचारीहरूले समेत 'मिन्स' भए/नभएको सोध्ने गरेको उनले बताइन् । उनले

भने उक्त प्रथाको अनुसरण गर्न छाडेकी छन् । 'पहिले बार्थें अहिले बार्दिनँ,' उनले भनिन्, 'हामी त्यसको विरुद्धमा छौं ।' महिनावारी भएकालाई यहाँ मठ मन्दिरसमेत छुन दिइँदैन । 'आफूले माटो, ढुंगो बोकेर बनाएको मन्दिर घरमा  बस्न र पस्न नपाउनेजस्तो अन्याय र अत्याचार छ,' खड्काले भनिन् ।

 

प्रकाशित मिति: २०७१ कार्तिक ३ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

धम्की नै दिन्छु भनी आ'... घुर्की मात्र देखाएम् ! ... योभन्दा बढी कति देखाउनु लचकता ?
  हाम्रा प्रकाशनहरु :
Our Publication