Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७१ आश्विन १६     Login | Register | Issue No. 284
यताउता»

जो सेटिङमा आए

काठमाडौ, मंसिर २८ -
वैदेशिक रोजगारमा जानेले नेपालको वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनुपर्छ । कतिपयले श्रम स्वीकृति नलिईकन सेटिङबाट आउने गरेका पनि छन् । जो सेटिङबाट आए कान्तिपुर प्रवास साप्ताहिकसँग उनीहरुले यसो भनै ः  



केही अभाव र केही कुरा नमिलेर मैले कक्षा ८ सम्म मात्रै अध्ययन गर्न सकेँ । घरमा बसेर केही गर्न नसकिने भएर मैले विदेश आउनुपर्ने भयो । बेरोजगार भएर गाउँ चहारेर बस्नुभन्दा विदेश आएर केही कमाउनु निको हो भनेर यता आउने सोच बनाउँदै गर्दा गाउँकै झलक आले दाइले भिसा निकालिदिए । म पहिलोपटक विदेश आएको हुँ । दूतावासले डिमान्ड वा नाता प्रमाणित गर्नुपर्ने नियम बनाएछ । त्यसलाई हेरेर मात्रै नेपालका कर्मचारीले यता आउन दिने रहेछन् । नाता प्रमाणित गर्न आफ्नो मान्छे कोही थिएन । कम्पनीले डिमान्ड बनाएनछ । अव विकल्पहीन विकल्प भनेकै सेटिङ गर्नुपर्ने भयो । रणबहादुर तामाङलाई ४८ हजार रुपैयाँ दिएर ६ महिनाअघि आएको हुँ । उनले बसुन्धरामा रहेको जनशक्ति म्यानपावरका डाइरेक्टर निमा लामालाई चिनाइदिए । लामालाई त्यो रकम दिएँ । जुन १४ मा एयरपोर्ट पुगेँ । अन्तिम चेकजाँचमा कागजात हेरेपछि एकछिन पर्खिन भने । म्यानपावरको मान्छेले एयरपोर्टको कर्मचारीलाई फोन गरेपछि हामीलाई भित्र जान दिए । नेपाल एयरलाइन्सबाट आएको हुँ । सेटिङ गरेर आउँदा पहिले नै लङ्गडो भइने रहेछ । अरू कोही यस्तो स्थितिमा नआउन् । भनेको काम र तलब नपाउँदा न्याय पाउनेबाटै हराउँछ ।

ललल

म पहिले करिब आठ वर्षभन्दा पनि बढी कतार बसेको मान्छे । सधैं परदेश बसेर हुन्न भनी दुई वर्षअघि नेपाल गएर माइक्रो बस किनेर चलाउँदै थिए । हामीजस्ता सीधासाधालाई यातायातमा टिक्न गाह्रो हँुदोरहेछ । त्यसपछि गाउँकै एकजना दाइले कतारबाट सवारी चालकको भिसा पठाइदिए । सरकारले कतार आउन नयाँ नियम लागू गरेको रहेछ । यताबाट भिसा प्रमाण्ाित गर्ने मेरो आफन्त कोही थिएन । जान्नेबुभmनेले सेटिङबाट अलि बढी पैसा तिरेर कतार छिर्न सकिने सुझाव दिए । मैले सेटिङ भन्ने शब्द कहिल्यै सुनेको पनि थिइनँ । आलम अन्सारी भन्ने एकजना एजेन्टले १ लाख तीन हजार रुपैयाँ तिरेपछि कतार पुर्‍याउँछु भन्यो । हाम्रो समूहमा आठजना थियौं । हामी जुन १२ मा  एयरपोर्ट छिर्यौँ । एयरपोर्टको अधिकृतले हाम्रो कागजपत्र हेरेर 'आठजना हो' भनेर सोध्यो । म अगाडि नै थिएँ । मैले 'हो'

भन्ने जवाफ दिएँ । हामी युएईको सारजहामा ट्रान्जिटबाट आयौं । सारजहाबाट कतारको भिसा सो गरेर सजिलैसित कतार आइपुग्यौं ।

ललल

म त नेपालमै गरी खाँदै थिएँ । घर र ससुरालीका मिलेर मलाई कतार जान बल गरे । ससुराली पक्षले भिसा पठाएका कारण्ा मैले भिसाचार्ज तिर्नुपरेको छैन । मेरा ससुरा तोत्रबहादुर कुँवरले बलबहादुर घर्ती मगरलाई मेरो भिसा दिएछन् । उसले गोंगबुको डिलक्स किङ्ग ट्राभल एन्ड टुर्सका कुमार गुरुङ, सूर्य लामा, युनिक गुरुङले मेरो सेटिङ ४४ हजार रुपैयाँमा मिलाइदिएछन् । सवारी चालकको भिसा भनेको ठाउँमा लेबरको भिसा थियो । एयरपोर्टमा कुनै रोकतोक भएन । एयर अरेबियाबाट ट्रान्जिट हँुदै म बिनाअवरोध कतार सेप्टेम्बर ७ मा आएको हँु । यताबाट भिसा प्रमाण्ाित गर्न दूतावास धाउँदा धाउँदा पार नलागेपछि मैले सेटिङको बाटो भएर आउनुपरेको हो ।

ललल

मेरो भिसा दसैंअघि नै झरेको थियो । म पहिले काम गरेकै कम्पनीमा इलेक्ट्रोनिक सुपरभाइजरका रूपमा आउन लागेको थिएँ । मैले कम्पनीलाई भिसा प्रमाण्ाित गरेर पठाइदेऊ भनेर आग्रह गरेँ । कम्पनीको एचआर अफिसर भिसा प्रमाण्ाित गर्न दूतावास गएको रहेछ । दूतावासले नाता प्रमाण्ाित गरेर आइज भन्ने जवाफ पाएपछि मेरो कतार आउने सपना लगभग चकनाचुर भयो । म घरबाट बिदाबारी भएर हिँडेको मान्छे । काठमाडौंको महँगीमा कतारको चक्करले पचास हजारभन्दा बढी खर्च भएको थियो । आफ्नो ऋण धेरै

थियो । कमाउन जान्छु भन्दा अवरोध खडा भएपछि म सीधा श्रम विभागमा गएँ अनि आफ्नो रामकहानी बताएँ । उनीहरूले पहिले काम गरेकै कम्पनी रहेछ । हामी सहयोग गर्छौं भन्ने आश्वासन दिए । उनीहरूले पैसा यति लाग्छ उति लाग्छ भन्ने माग गरेनन् । काम गरेपछि दाम लिने चलन जहाँको पनि हुन्छ भन्ने सर्वमान्य सिद्धान्त हो । उनीहरूको सामाजिक र पेसागत सुरक्षाका लागि नाम बताउन सक्दिनँ । मैले २ हजार पाँच सय अलि परको एउटा रकम होटलमा लगेर दिएँ । मलाई एयरपोर्टमा कुनै समस्या आएन । एक ठाउँमा एगि्रमेन्टको नेपाली अनुवाद भएन भनेर रोक्न खोजेको थियो तर मैले प्रस्ट विचार राखेपछि म भित्र छिरेँ । सेटिङ्गमा कतार आउनु मेरो बाध्यता

थियो । अहिले मलाई कुनै समस्या छैन । सरकार बेरोजगारलाई रोजगारी दिन पनि सक्दैन अनि विदेश जानेलाई पनि रोकेर के गर्न खोजिरहेको छ ?

ललल

मलाई कतारमा कार्यरत सालोले भिसा पठाएको हो । भिसा आएपछि घरबाट बिदाबारी भएर काठमाडौं आइयो । कतारबाट हाम्रो एगि्रमेन्ट आएको थिएन अनि दूतावासबाट भिसा प्रमाण्ाित पनि गरेको थिएन । यस्तो अवस्थामा के गर्ने र कसो गर्नेको अन्योलमा पर्दापर्दै १० दिन काठमाडौंमा बिताइयो । साथमा ल्याएको पैसा सबै सकियो । काम हुने आशामा कु्र्दाकु्र्दै एकजना धनकुटाकै छोटे दलाल चूडामण्ाि मगरले ६० हजार रुपैयाँमा जसरी पनि कतार पुर्‍याउँछु भन्यो । फेरि गाउँका साथीभाइसँग ऋण खोजियो । उसले सेटिङ मिलाएर पठाउँछु भनेको थियो । उसले सिकाएअनुसार हाम्रो समूहका हेटौंडाका सुन्दर लामा र प्रेम थापा, चितवनका दीपक राईलगायत आठजना लाइनमा बसेका थियौं । दलालले निर्देशन गरेको भन्दा गलत ठाउँमा

बसेछौं । हामीलाई पुलिसले अगाडि जान दिएन । हामीले दलाललाई फोन गरेर बतायौं । उसले फेरि के च्यानल मिलायो कुन्नि । त्यो घटनाको तीन दिनपछि दुबईको ट्राभल भिसामा रक एयरलाइन्सबाट रासलखेमा उत्रियौं । त्यहाँ हामीलाई कतारको भिसा देखाउनु भनेको थियो । हामी दलालले भनेअनुसार १३ घन्टा रासलखेमा बसेर कतार आइपुग्यौं ।

ललल

म पहिले मलेसियामा बसेर फर्किएको

हुँ । त्यहाँ मैले कार्पेन्टरी गरेको थिएँ । घर फिरेपछि अर्को देश जानैपर्ने देखियो । कतार आउने भइयो तर दूतावासले कागजात प्रमाणित गरेपछि मात्रै सहज तरिकाले आउन पाइने रहेछ । कम्पनीले डिमान्ड प्रमाणित नगरी आउने एउटै विकल्प नाता प्रमाणित गर्ने रहेछ । नाताको मान्छे नभएपछि सेटिङ गर्नुपर्ने भयो । मैले बसुन्धरामा बस्ने रणबहादुर तामाङलाई ४८ हजार रुपैयाँ दिएर ६ महिनाअघि आएको हुँ । म जुन १४ मा एयरपोर्ट

पुगेँ । अन्तिम चेकजाँचमा कागजात हेरेपछि एकछिन पर्खिन भने । म्यानपावरको मान्छेले एयरपोर्टको कर्मचारीलाई फोन गरेपछि हामीलाई भित्र जान दिए । म नेपाल एयरलाइन्सबाट आएको हुँ । मेरो भिसा कार्पेन्टरीमै भनेर झलक आलेले निकाली दिएका हुन् । तर यहाँ आएपछि मैले लेबरको काम गर्नु परेको छ । सेटिङमा आउँदा भनेको तलब र काम नपाए न्याय पाउन गाह्रो हुने रहेछ । दूतावासले कागजात नभएपछि केही सहयोग गर्न नसक्ने/नमिल्ने रहेछ । अव नयाँ आउने दाजुभाइ/दिदीबहिनीलाई मेरो आग्रह छ, 'हामी त भिसा प्रमाणित नभएकाले ठगियौँ, तपाईँहरू भिसा प्रमाणित नभए नआउनु होला । यहाँ आफ्नो हक र अधिकार सुरक्षित पार्न प्रमाणित कागजातले मात्रै सम्भव छ । अव अर्को नेपाली नठगियोस् ।   

ललल

म १९ वर्षको भएँ । गाउँका दाजुभाइ बिदेसिएको र घरको आर्थिक अवस्था नाजुक भएकाले मैले पढाइमा ध्यान दिनै सकिनँ । उमेरमा कमाउनुपर्छ भनेर कतार आउने भएँ । कतार आउन यता कम्पनीले वा व्यक्तिले भिसा र नाता प्रमाणित गर्नुपर्ने रहेछ । नाताको केही थिएन । कम्पनीले मेरा आफन्तले भिसा मागेपछि दिएको रहेछ । मागेको भिसा कमजोर त हुने नै भयो । डिमान्ड नबनाएपछि सेटिङ गरेर आउन सकिने कुरो धेरैले सुनाए । भिसा पेपर हातमा परेपछि म काठमाडौं आएँ । सेटिङ मिलाउने एजेन्ट टमबहादुर गुरुङले ५० हजार रुपैयाँ मागे र मैले दिएँ । उनले एयरपोर्टबाट छिराउन मलाई बहराइनको नक्कली भिसा र एगि्रमेण्ट थमाए । होटल बुकिङ गरेको नक्कली कागज थमाए । हातमा युएस डलर ५ सय दिएर एयरपोर्टको कर्मचारीले सोधे 'बहराइन घुम्न गएको भन्नु' भने । म अक्टोबर १३ मा गल्फ एयरबाट आएको हुँ । सेटिङमा आउनेले दुःख पाइने रहेछ, हक अधिकार नपाइने रहेछ । समस्या लिएर जाँदा दूतावस तर्किने रहेछ । अरू कसैले

भोग्नु नपरोस् ।

 

प्रकाशित मिति: २०७१ आश्विन १६ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

सुपथ मूल्य भ’कोले मात्र... नत्र त यो नि बाँकी हुन्नथ्यो रे !
  हाम्रा प्रकाशनहरु :
Our Publication