Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७१ श्रावण १५     Login | Register | Issue No. 279
मनोरञ्जन»

हलिउड/बलिउड

मंसिर २८ -
ओठको सर्जरी



शरीरका अंगहरू सर्जरी गरेर आकर्षक बनाउने मोह हलिउडबाट बिस्तारै बलिउड सुन्दरीहरूमा पनि सर्दै गएको छ । हलिउड सुन्दरीहरूले शरीरका हरेक अंग आफूले चाहेजस्तो बनाउने गरे पनि बलिउड सुन्दरीहरू भने स्तन, ओठ लगायतका अंगहरूको सर्जरीमा मात्र बढी केन्दि्रत छन् । सर्जरी गर्ने बलिउड सुन्दरीको सूचीमा अर्को नयाँ नाम पनि थपिएको छ- अनुष्का शर्मा । 'जब तक है जान' को 'जिया रे जिया रे..' गीतसँगै चर्चामा रहेकी अनुष्काले सर्जरी गरेर ओठ मिलाएको चर्चा सञ्चारमाध्यमले गरेका छन् । यद्यपि केही सञ्चारमाध्यमले सर्जरीपछि उनको ओठ झनै बिगि्रएको टिप्पणीसमेत गरेका छन् ।







एसियाकी सेक्सी नम्बर-१

एसियाका सेक्सी सुन्दरीहरूको सूचीमा जहिल्यै बलिउड हिरोइनहरूले कब्जा जमाउँदै आएका छन् । यो वर्ष भने तीनपल्ट सूचीको पहिलो नम्बरमा कब्जा जमाएकी कटि्रना कैफ र गत वर्ष पहिलो नम्बरमा रहेकी करिना कपुरलाई पछार्दै पि्रयंका चोपडा 'एसियाकी सेक्सी नम्बर-वान्' बनेकी छन् । यो वर्ष करिनाले दोस्रो र कटि्रनाले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको

छ । बेलायतको 'इस्टर्न आई' पत्रिकाले हरेक वर्षझैं गरेको सर्वेक्षणमा विश्व सुन्दरीसमेत रहेकी बलिउड नायिका पहिलो नम्बरमा पर्न सफल भएकी हुन् । सूचीको चौंथो स्थानदेखि क्रमसः दीपिका पादुकोण, निया शर्मा, विपासा बसु, सोनम कपुर, पि|mडा पिन्टो, क्रिस्टिल डिसुजाले सूचीमा कब्जा जमाएका छन् । बलिउडका अन्य सुन्दरीहरूमा अनुष्का शर्मा चौधौं, ऐश्वर्या राय सोह्रौं, सोनाक्षी सत्रौं र पोर्न स्टारसमेत रहेकी सनी लियोन बीसौं स्थ्ाानमा छिन् ।  





दिनहुँ दुई लिटर रक्सी

विवादमा आइरहने हलिउड सुन्दरी लिन्ड्से लोहानलाई दिनको दुई लिटर रक्सी पिउने गरेको आरोपसहित साथीहरूले 'लत' हटाउन सुधार केन्द्रमा जान आग्रह गरेका छन् । तर लिन्ड्सेले साथीहरूको आग्रहको प्रतिवाद गर्दै आफू रक्सीको लतमा नफसेको दाबी गरेकी छन् । उनी पहिला पनि रक्सी र लागूऔषध सेवनको फन्दामा परेपछि सुधार केन्द्रमा बसेकी थिइन् । केही महिनाअघि सवारी दुर्घटनामा उनीमाथि मुद्दासमेत दायर भएको थियो । गत महिना मदिराले लठ्ठ अवस्थामा एक ज्योतिषसँग न्युयोर्कको नाइट क्लबमा उनको झगडासमेत परेको थियो । रक्सी पिएपछि विभिन्न लफडाको सामना गर्नुपरेको भन्दै उनलाई साथीहरूले सुधि्रन आग्रह गरेका हुन् । तर लिन्ड्सेले पछिल्ला तीनवटा फिल्ममा सफलतापूर्वक काम गरेको उदाहरण दिँदै सञ्चारमाध्यममार्फत आफू रक्सीको लतमा नफसेको दाबी गरिरहेकी छन् ।





गर्भमा के छ ?

'वाका..वाका..' सुन्दरी पपस्टार साकिराको गर्भमा हुर्किरहेको शिशुको तस्बिर सार्वजनिक भएको छ । आफ्नो गर्भभित्रको शिशुको तस्बिर सार्वजनिक गर्नेहरू कमै मात्र हुन्छन् । तर साकिराका प्रेमी चर्चित फुटबल डिफेन्डर जेरार्ड पिकले यो तस्बिर सार्वजनिक गरेका हुन् । एक वर्षदेखि साकिरासँग अफेयर्समा रहेका बार्सिलोनाका खेलाडी जेरार्डले आफूहरू दुईजनाको सन्तानको पहिलो तस्बिर भन्दै टि्वटरमा अल्ट्रासाउन्डको रिपोर्टको

तस्बिर राखेपछि साकिराको गर्भभित्रको शिशुको तस्बिर संसारभर फैलिएको हो ।



 

प्रकाशित मिति: २०७१ श्रावण १५ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

'वीर'लाई 'बिरामी' घोषणा गरेर नि वास्ता गरेन भने... 'अस्पताल'लाई नि 'हड्ताल' घोषणा गर्दिन्छम् !

विज्ञापन

Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication