Kantipur-qatar

Kantipur

मिति | शुक्रबार, २०७१ कार्तिक ७     Login | Register | Issue No. 284
खाडी»

रेखा कतारमा

काठमाडौ, मंसिर २८ -
दोहा- झन्डै एकसाता कतारमा रहने गरी नायिका रेखा थापा आइतबार साझ यहाँ आइपुगेकी छन् । उनीद्वारा निर्मित नेपाली चलचित्र लंकाको यहाँ प्रदर्शन रहेकोले यहाँ आएकी हुन् । लंका डिसेम्बर १४ र १८ प्रर्दशन हुनेछ । चलचित्रको प्रचारप्रसार नायिकाले  नेपाली क्याम्पमा गएर नेपालीलाई गएर भेट्नेछिन् ।

ँकिन लाग्छ माया’ प्रदर्शन हँुदै दोहा- कतारको राष्ट्रिय दिवसको अवसरमा डिसेम्बर १८ मा नेपाली चलचित्र 'किन लाग्छ माया' प्रदर्शन हुने भएको छ । नायिका गरिमा पन्थको समेत आउने त्यस चलचित्र दोहा सिनेमामा हला दिउँसो दुई बजेबाट सुरु हुने संयोजक सन्तोष गुरुङले बताए ।



पतका छैन, तलब छैन

दोहा- निर्माण क्षेत्रमा कार्यरत १८ जना नेपालीले पतका र तलब लिनबाट वञ्चित भएका छन् । उनीहरूले दुवै दिलाइदिन नेपाली दूतावास पुगेका छन् । कम्पनीमा काम गरेको १९ महिना बितिसक्दा पनि परिचय पत्र नहुँदा हिँडडुल गर्न समस्या परेको सिराहाका महेन्द्र शाहले बताए । दुवै नपाउनेहरूमा महोत्तरीका रामबाबु शाह, धनुषाका ईश्वर, शाह, रामकुमार मण्डल, कमल ठाकुर, रौतहटका महोम्मद जाबेद, रुपेन्द्रेहीका सन्तप्रसाद चाही, धनुषा गोबिन्दा मण्डल र सिन्धुलीका लक्ष्मी यादव रहेका छन् । 'भोलि भोपल भन्छ,' शाहले भने, 'कहिल्य त्यो दिन आउँदैनन् ।' उनीहरूमध्ये ९ जनाले काम छाडेर घर जान बसेका छन् ।  

खोटाङको वनभोज दोहा- खोटाङ हलेसी बचत तथा ऋण्ा सहकारी संस्थाले नयाँ वर्षको पावन अवसरमा जनवरी ४ शुक्रबार समाल गार्डेनमा वनभोज गर्ने भएको छ । वनभोजमा सेयरधनीलाई प्रमाण्ापत्र र चेक वितवरण्ा गरिने संस्थाका कोषाध्यक्ष दसरथ राइले बताए  ।



पर्खाल ढलेर मृत्यु

दोहा- क्रसर उद्योगमा काम गर्दै गरेको अवस्थामा पर्खाल ढलेर तनहुँ, पुर्कोटका लक्ष्मण विकको मंगलबार ज्यान गएको छ । उनी पाँच वर्षदेखि त्यही काम गर्दै आएका थिए । त्यस उद्योगमा कार्यरत नेपालीका अनुसार विकको घटनास्थलमा ज्यान गएको हो । घटना भएलगत्तै प्रहरी आएर शव लिएर गएको छ । घटना ्पछि त्यहाँ कार्यरत नेपालीहरू शोकमग्न

छन् । विक वेल्डरको काम गर्थे । उनी बिदामा गएर सवा महिनाअघि मात्रै कतार आएका थिए ।

 

प्रकाशित मिति: २०७१ कार्तिक ७ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

लाइन काटेर आ' !... केटा'रू द्यौसी भट्याउदैथे, 'झिलिमिली झिलिमिली' भन्दै लाइनै काट्दें !
  हाम्रा प्रकाशनहरु :
Our Publication