Kantipur-qatar

Kantipur

मिति | सोमबार, २०७१ आश्विन ६     Login | Register | Issue No. 284
मिसमास»

जनताको आक्रोश नेतामाथि

  • प्रचण्डले पनि खाए थप्पड
काठमाडौ, मंसिर ७ -
पार्टीगत र व्यक्तिगत स्वार्थका कारण मुलुकलाई राजनीतिक झन् अस्थिर बनाउनेतिर दलका नेताहरुहरु केन्दि्रत हुन थालेपछि उनीहरु सर्वसाधारणको निशानामा पर्ने क्रम बढ्को छ । दलका नेताहरुका  कदमप्रति मौखिक रुपमा आलोचना गर्ने सर्वसाधारणहरु अब भौतिक रुपमै नेताहरुमाथि जाइलाग्न थालेका छन् । यस्तै घटनाको पछिल्लो शिकार बनेका छन् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ।  मुलुकको सबै भन्दा ठूलो दलको शिर्ष नेतामाथि उनकै कार्यकर्ताले गत शुक्रबार थप्पड हानेका छन् । एमाले अध्यक्ष झलनाथ खनालबाट शुरु भएको सर्वसाधारणको थप्पड श्रृंखला  काग्रेस सभापति सुशिल कोइराला हुदै एमाओवादी अध्यक्ष दाहालसम्म आइपुगेको हो । यस्ता श्रृंखालाले दलहरुका गतिविधिप्रति जनता कति आक्रोशित छन् भन्ने उद्दाहरण पेश भएको छ । संगै अब सार्वजनिक रुपमा नेताहरुको सुरक्षामा चुनौति पनि थपिएको छ । नेपाल सम्वत् ११३३ का अवसरमा राजधानीको भृकुटीमण्डपमा एमाओवादीले चियापना कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम सकिन १० मिनेट बाँकी हुँदा बाग्लुङका पदम कुँवरले दाहाललाई थप्पड हानेका हुन् ।

एमाओवादीका नेताहरलाई शुभकामना दिन कुँवर दाहाल नजिक पुगेका थिए । उनले दाहालसँग हात मिलाए र शुभकामना दिएलगत्तै देब्रे गालामा थप्पड हाने । कुँवरको थप्पडबाट दाहालको चस्मा भुइँमा खस्यो । दाहाललाई प्रहार गर्ने कुँवरलाई एमाओवादीका कार्यकर्ताले रक्ताम्य हुनेगरी कुटपीट गरेका थिए । प्रहरीले उनलाई जोगाएर कार्यक्रम स्थलबाट बाहिर लगेको थियो । कुँवरलाई अहिले सार्वजनिक अपराधको मुद्दा चलाएर थुनामा राखिएको छ ।

दाहाललाई थप्पड हान्ने कुँवर माओवादी कार्यकर्ता हुन् । कुँवरको पूरै परिवार "जनयुद्घ" अवधिभर माओवादी पार्टीमै सक्रिय थियो । बाग्लुङ राजकुत-२ कुटनेटा घर भएका कुँवर माओवादी भूमिगत अवस्थामा छँदा लडाकु र पछिल्लो समय वाईसीएल गाउँ इञ्चार्ज थिए । उनका बाबु,, दाजु र माइली दिदी पनि माओवादीका पूण्र्ाकालीन सदस्य थिए । वाईसीएल गाउँ इञ्चार्ज रहेका कुँवर पार्टी विभाजनपछि भने कुनै गुटमा नलागेको बताइएको छ ।

यसरी थप्पड खाने दाहाल मात्र एक्ला होइनन् । गत असोज १३ गते कांग्रेस सभापति  सुशील कोइरालामाथि आफ्नै कार्यकर्ताले सर्वाजनिक कार्यक्रममा कुर्सी प्रहार  गरेका थिए । कुर्सी हान्ने अर नेविसंघकै कार्यकर्ता प्रवेश बस्नेत थिए ।

२०६७ माघ ७ गते सुनसरीमा आयोजित कार्यक्रमा पार्टीको कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनाललाई देवीप्रसाद रेग्मीले थप्पड हानेका थिए । खनाल र कोइरालामाथिको अक्रमण्ामा संलग्नलाई प्रहरीले पक्राृ गरी सार्वजनिक अपराधको मुद्दा लगाएको थियो । रेग्मीलाई केही दिनमा खनाल स्वयंले माफी दिए भने बस्नेत केही दिनपछि धरौटीमा छुटे । खनालले थप्पड पाउदा दाहालले  संसदको रोष्ट्रमबाटै व्यंग गरेका थिए ।

"अहिले त एकाध जनताले एकाध थप्पडमात्र हानेका छन्.अब पनि प्रधानमन्त्री बनाउन नसके एक जनालाई होइन, हामी धेरै नेतालाई जुत्ता हान्ने स्थिति आउँछ' दाहालले भनेका थिए । त्यसको झण्डै दुई बर्षपछि मुलुकको परिस्थिति सही दिशामा नल्याएको जनताको आक्रोश उनीमाथि नै पोखियो ।

 दाहालले थप्पड पाएपछि अहिले विशिष्ट पदाधिकारीहरुको सुरक्षामा प्रहरीले बिषेश ध्यान दिएको छ । व्यक्तिगत सुरक्षा गार्डलाई प्रहरीले झन् सतर्क हुन निर्देशन दिएको छ भने एृमाओवादीले गोप्य रुपममा आफ्नो नेताहरुलाई  सार्वजनिक स्थलमा हात मिलाउने लगायतका गतिविधिमा संलग्न नहुन आग्रह समेत गरेको बुझिएको छ ।  थप्पड लगत्तै बसेको एमाअेावादीको स्थायी समिति बैठकले "नियोजित षड्यन्त्र" भन्दै शीर्ष नेताहरको सुरक्षा सतर्कता बढाउने निण्र्ाय गरेको थियो ।

प्रारम्भिक रुपमा दाहालको थप्पड प्रकरणमा एमाओवादीले बैद्य समूहको माओवादीलाई दोषी देखाएको छ । एमाओवादीले कुँवर बैद्य माओवादीको भातृ सगठन  जनस्वयंसेवक जिल्ला समिति बागलुङका सदस्य भएको दाबी गरेको छ । एमाओवादीको आरोपको भने बैद्य माओवादीले प्रतिवाद गरेको छ ।

दाहालको थप्पड प्रकररण सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा  छ्याप्पछायाप्ती छ । सर्वसाधारणले  यसलाई भौतिक आक्रमण भन्दा पनि नेताप्रतिको बढ्दो आक्रोशको संन्देशको रुपमा बुझ्नुपर्ने र यसबाट उनीहरुले पाठ सिक्नुपर्ने प्रतिक्रियाहरु दिएका छन् । टेलिभिजनका जनमत देखि टेलिश्रंृखलामा समेत थप्पड प्रकरणका कथाका मसला समावेश भइरहेका छन् ।



 

प्रकाशित मिति: २०७१ आश्विन ६ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

हैन हैन ! त्याँबाट भए पो लाग्छ ! ... याँबाट लाग्या हो करेन्ट !!
  हाम्रा प्रकाशनहरु :
Our Publication