छोरालाई जिउँदै जलाउनेलाई सजाय दिलाउन जो साढे १६ वर्ष लडे
बुढ्यौली उमेर आराम गर्ने उमेर हो, तर रौतहटको यमुनामाई–४ सरुअठा गाउँका ८३ वर्षीय श्रीनारायण सिंहले पछिल्ला करिब डेढ दशक ‘आराम’ भन्नसमेत भ्याएनन् । न्यायका लागि अड्डा अदालत धाउँदैमा उनको बुढ्यौली उमेरका झन्डै साढे १६ वर्ष बिते ।