कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३१

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउँदै जेसीबी

काठमाडौँ — निर्माण उपकरण उत्पादनमा विश्व बजारको अग्रणी ब्रान्ड जेसीबीले आफ्नो आधिकारिक वितरक एमएडब्लू अर्थ मुभर्सद्वारा नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने भएको छ ।

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउँदै जेसीबी

नेपाली बजारलाई सहयोग गर्ने उद्देश्यले जेसीबी इन्डियाले ट्याक गरिएका केही एक्स्काभेटरका लागि ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना ल्याएको छ । एमएडब्लू अर्थ मुभर्सले विगत दुई दशकदेखि नेपालमा जेसीबीका निर्माण उपकरण वितरण गर्दै आएको छ ।

‘नेपाल हाम्रा लागि दक्षिण एसियाली क्षेत्रको महत्त्वपूर्ण बजार हो,’ नेपाल भ्रमणमा रहेका जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत दीपक शेट्टीले भने, ‘यस क्षेत्रमा नेपालको नौलो पहिचान र स्थान छ । हामीले हाम्रा ग्राहकका लागि यहाँ सधैं अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादनहरू प्रस्तुत गर्दै आएका छौं ।’

एमएडब्लूको केन्द्रीय कार्यालय काठमाडौंमा छ भने नेपालभरि ३२ वटा शाखा कार्यालय छन् र तीनवटा अपरेटर प्रशिक्षण संस्थान रहेका छन् । जहाँ युवाहरूलाई जेसीबी मेसिन चलाउन तालिम दिइन्छ । एमएडब्लूले नेपालमा आफ्नो चौथो अपरेटर ट्रेनिङ सेन्टर चितवनमा छिट्टै खोल्दैछ ।

नेपालमा जेसीबीका १० हजार ५ सयभन्दा धेरै उपकरण सञ्चालनमा छन् । जसमध्ये व्याकहो लोडर्स, एक्स्काभेटर, विल्ड लोडर्स र टेलिह्यान्डलर्स प्रसिद्ध छन् । विश्वस्तरीय जेसीबीका उपकरणद्वारा ग्राहकलाई सहायता गर्नेबाहेक नेपाली युवा जनशक्तिलाई देशमै रोजगारका अवसर प्रदान गर्न पाउँदा निकै गर्व लागेको एमएडब्लूका प्रिन्सिपल डिलर विष्णु अग्रवालले बताए ।

एमएडब्लूले हाल करिब ५ सय जनालाई रोजगारी दिएको छ भने चालकहरूका लागि तीनवटा विश्वस्तरीय प्रशिक्षण केन्द्रमा पनि लगानी गरेको छ । ‘यी अपरेटर प्रशिक्षण केन्द्रहरूमा चालकलाई जेसीबीका मेसिन कसरी सुरक्षित रूपमा सञ्चालन गर्ने भनेर सिकाइन्छ,’ उनले भने, ‘हालसम्म हामीले झन्डै ५ हजार चालकलाई तालिम दिइसकेका छौं ।’

प्रकाशित : वैशाख ५, २०८१ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?