२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

ब्रिटिस कलेजको ‘स्टुडेन्ट एक्सचेन्ज’ 

काठमाडौँ — द ब्रिटिस कलेज (टीबीसी) ले यस पटक पनि अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रम आयोजना गरेको छ । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको टीबीसीले यूकेस्थित आफ्नो साझेदार संस्था लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) का विद्यार्थीहरूलाई स्वागत गर्दै विभिन्न कार्यक्रम आयोजना गरेको हो ।

मार्च २५ देखि २९ सम्म भएको कार्यक्रममा एलबीयूका आठ जना विद्यार्थीसँगै टीबीसीका विद्यार्थीको पनि सहभागिता रहेको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्वव्यापी शैक्षिक उत्कृष्टतालाई बढावा दिने टीबीसीको प्रयासमा १६ जना विद्यार्थीले ‘इन्टरनेट अफ थिङस’ जस्ता नवीन परियोजनामा संलग्न हुने अवसर पाएको जनाइएको छ । नेपालको अनुपम भूगोल र मौसमी अवस्थाका लागि तयार पारिएका आर्टिफिसियल इन्टिलिजेन्स (एआई) परियोजनामार्फत विद्यार्थीले आफ्नो विश्वव्यापी परिप्रेक्ष्यलाई फराकिलो बनाउने तथा अन्तर्राष्ट्रिय सम्बन्ध वृद्धि गर्ने मौका पाएको विज्ञप्तिमा उल्लेख छ ।

‘पुनः एक पटक लिड्स बेकेट युनिभर्सिटीबाट आएका विद्यार्थीलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं,’ ब्रिटिस कलेजका डेप्युटी प्रिन्सिपल प्याट्रिक म्याक्रडेनले भने, ‘यो पहल विद्यार्थीहरूका लागि महत्त्वपूर्ण शिक्षा प्रदान गर्न मात्रै नभई हाम्रा साझेदार संस्थाबीचको सम्बन्धलाई मजबुत बनाउन र विश्वव्यापी सहकार्यलाई प्रोत्साहित गर्न पनि उपयोगी सावित भइरहेको छ ।’

प्रकाशित : चैत्र १७, २०८० ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?