Kantipur

Kantipur

मिति | २०७१ वैशाख ३, बुधवार     Login | Register
विविधा»

जेब्राक्रसिङको रङ

माघ २८ -
'प्रहरी भाइ, सडकको  जेब्राक्रसिङमा रङ लगाउनुपर्‍यो !' त्यसदिन बिहान, मैले बौद्धको व्यस्त मार्गमा सिटी बजाई हात हल्लाएर यातायातका साधनहरूलाई तह लगाउने बर्दीवाला प्रहरीबाट केही जवाफ पाइन । सडकको पूर्वतिर उहाँ लाग्नुभयो ।

'दुर्घटनाको तथ्याङ्क नबनौँ !' 'ट्राफिक नियम पालना गरौँ ।' 'जेब्राक्रसिङमा बाटो काटौँ !' यस्ता आह्वानहरू हाम्रा ट्राफिक प्रहरी महानुभावहरूले बरोबर मौखिक वा लिखित रूपमा दिनुहुन्छ । यी तीनवटै आज्ञा  मान्न म दैनिक पैदल यात्रीलाई स्पष्टसँग रङ्ग लगाएको जेब्राक्रसिङ चाहियो । सेनापति गौरवशमशेर राण्ााले सैनिकलाई हरेक शुक्रबार कि साइकलमा कि हिँडेर कार्यालय आउने आज्ञा दिनुभएको त केही साता भयो । आफूले पैदल प्रण्ााली अपनाएको २६ वर्ष बितिसक्यो ।    

बौद्ध-स्तुपाको दक्षण्िातिरको सडक हेर्नुस् त ! पञ्चायतकालमा त्यहाँ  जेब्राक्रसिङ थियो भन्ने प्रमाण्ा भेट्नुहुन्छ । सडककै दक्षण्िापट्ट,ि मलिन, चौथाइ मिटरको सेतो एक धर्सो त्यहाँ देखापर्छ, तर त्यसले सडक वारपार गर्दैन । पैदल यात्रीलाई त दिउसै सो धर्सो फेला पार्न मुस्किल छ भने गाडी चालकहरूले राति देख्ने कुरै भएन । आफूले नामको मात्र  जेब्राक्रसिङमै बाटो काट्दा चालकहरू हान्निएर गाडी कुदाउँछन् । हरेक रात जिउँदै घर पुग्दा आफै चमत्कार बनेको मान्नैपर्छ ।       

'प्रहरी भाइ, सडकको  जेब्राक्रसिङमा रङ्ग लगाउनुपर्‍यो !' केही दिनपछि समाजसेवी, अर्का प्रहरीलाई निवेदन गरेँ । यसपालि भने जवाफ पाएँ, 'त्यो हाम्रो जिम्मा होइन !' 'कसको जिम्मा त ?' 'सडक विभागको !' 'त्यसो भए, सडक विभागलाई भनेर जेब्राक्रसिङमा रङ्ग लगाउनुपर्‍यो !' अनि थप उत्तर आएन । गाडीहरूलाई आफ्नै हातले बिस्तारै आउन सङ्केत गर्दै नामको मात्र जेब्राक्रसिङमै बाटो काटेर नयाँ बानेश्वरसम्मको सात किलोमिटर छिचोल्न म लम्किएँ ।

वर्षौँअघि न्युयोर्क सहरको अन्डरग्राउन्ड रेलमा केही समय नेपालमा बिताएका अमेरिकी मित्रले मलाई लाँदै थिए । हामी बसेकै डब्बामा एक प्रहरी देखापर्‍यो । मेरो साथीको कथन थियो, 'हामी एक मित्रको रूपमा प्रहरीलाई लिन्छौँ !' यात्रीहरूले खुलेआम सो प्रहरीसँग बातचित गरेको देखेर मैले साथीको कुरा पत्याएँ । बर्दीमा प्रहरीलाई देख्नु त्यहाँ साधारण जनताले सुरक्षा महसुस गर्नु हो ।

नेपाली ट्राफिक प्रहरीहरूले एक विशेषता कमाएका छन्— दुर्घटना भएमा कि त गाडी-चालक कि यात्रुलाई दोष दिएर आफ्नो विषयमा भन्नु, 'हाम्रो जिम्मा होइन !' अक्सर दसैँताका धेरैले सडकमा ज्यान गुमाउँछन् । त्यसबेला प्रहरीको जवाफ आउँछ, 'चालकले यात्रुहरूलाई  कोचाकोच गरी लगेको थियो !' अवश्य, तर सो देख्ने बर्दीवाला प्रहरीले घूस लिएर त्यस चालकलाई किन बस कुदाउन दियो ? यात्रुहरू मरेको एक-दुई दिन प्रहरीहरूले गोहीको आँसु बगाउँछन् । त्यसपछि जस्ताको तस्तै !

जापानी  कियोसी बाबालाई धेरैचोटी नयाँबानेश्वरको चौबाटोमा सेवा गरिरहेको म देख्छु । त्यस चोकको कथा अनौठो छ । २०६२ सालमा हाल संसद भवनको सडकपारि  पश्चिमतिरको पेटी भत्काइयो, तर आजसम्म सो फुटपाथले सुदिन देख्न पाएको छैन । एक वर्षअघि त्यहाँ आकाशे  पुल राख्ने भनेर अझ थप पेटी भत्किए । आकाशे पुल अब बन्छ भनी बाटो काट्न कहिलेकाहीँ १० मिनेटसम्म कुर्नुपर्ने हामी पैदल यात्रीहरू दङ्ग थियौँ ।  न आकाशे पुल आयो, नत सात वर्षसम्म भत्केको पेटी बन्यो । बरु आए कियोसी बाबा र हरेक दिन बेलुकी चार बजेतिर घोडामा सवार दुई थप प्रहरीहरू । बाटो काट्नका लागि यतिको जात्रा हामो देशमा मात्र देख्न पाइन्छ ।

नयाँबानेश्वर चोकमा पनि जेब्राक्रसिङहरू धमिला भइसके । कतिचोटी कियोसी बाबाले पैदल यात्रुहरूलाई जेब्राक्रसिङबाट होइन, तर पुरानो बानेश्वरतिर जाने गाडीहरू सँगसँगै बाटो काट्न लगाउँछन्, जुन 'ट्राफिक सप्ताह'मा प्रहरीहरूले दिएको शिक्षा विपरीत

छ । कियोसी बाबालाई देखेर म बरोबर सोच्छु, 'आकाशे पुल बनाउनमा उनले जोड दिएका भए सायद विदेशीको कुरा खाने हाम्रो सरकारले मान्थ्यो । अनि नत यति धेरै ट्राफिक प्रहरीहरूले दुःख पाउँथे न घोडाहरूले न उनले !' त्यसै चोकमा दाताहरूले सौर्य शक्तिद्वारा चल्ने सोलार ट्राफिक बत्ती पनि जडिदिए । अब ती बत्ती बल्दैनन् । सायद ब्याट्री फेर्नुपर्छ होला । तर सो काम कसले गर्ने ? सोधेमा जवाफ पाउनेछौँ, 'हाम्रो जिम्मा होइन !'                    

२०६४ सालमा मोटरसाइकलमा यात्रा गर्दा चारचोटी बन्दमा परेँ ः आदम घाटमा, लहान कटेपछि दुई ठाउँमा, इलाम जान खोज्दा चारआलीमा  । हरेक पालि ट्राफिक प्रहरीहरू मूकदर्शक भई ट्वाल्ल हेरेमात्र । बन्द खुलाउन कुनै प्रयास उनीहरूबाट भएन ।

नेपाली ट्राफिक प्रहरीले जिम्मा पन्छाएको  सबभन्दा अनौठो व्यवहार भदौ २६, २०६५ मा भोगेँ । त्यसदिन बुटवलबाट काठमाडौँ र्फकंदै थिएँ । लगभग १२ बजे दिउसो गैँडाकोट आउँदा नारायण्ाी पुलको चार किलोमिटर वरदेखि अडेका गाडी र ट्रकहरूको ताँती

देखेँ । मोटरसाइकलको थुप्रोचाहिँ पुलनजिक रहेछ । यातायात रोक्ने खालि तीन केटा र आठ केटीहरू थिए । बाह्र-पन्ध्र ट्राफिक प्रहरीहरूको लाठीअघि उनीहरूको भागाभाग हुने थियो ।  गैँडाकोटको प्रहरी थानामा गएर बन्द खुलाउन अनुरोध गर्दा मैले अचम्मको जवाफ पाएँ । 'हामी नवलपरासीमा छौँ, पुल नारायण्ाीमा पर्‍यो । त्यो हाम्रो जिम्मा होइन ।' बन्दकर्ताहरूले साँझ चार बजेपछि  यातायात खोलिदिए । राति मोटरसाइकलको यात्रा खतरनाक हुने भएकोले नवलपरासीका 'जिम्मा नलिने' ट्राफिक प्रहरीहरूलाई सराप्दै मलेखुको एक होटलमा रात बिताएँ ।                             

तर बौद्धकै बाटोमा फर्कौँ, जहाँ मैले ट्राफिक प्रहरीलाई जेब्राक्रसिङमा रङ्ग लगाउन विनम्र अनुरोध गरेको थिएँ । नेपाली सेनाले सुर्खेतदेखि जुम्ला र अहिले मुगुसम्म बाटो बनाउन सक्छ भने ट्राफिक प्रहरीले आफ्नो थाना नजिकको सडकको हेरचाह गर्न नसक्नु रहस्यमय छ । रङ्गले पोतिने भाग्य अहिलेसम्म बौद्धको त्यस मार्गले पाएको छैन । तसर्थ जेब्राक्रसिङ नदेख्ने गाडी चालकलाई पैदल यात्रीको निम्ति सवारी रोक्ने वा विस्तारै हाँक्ने कुनै प्रेरण्ाा हुँदैन । एकदिन ती सेता धर्साहरू सडक वारपार नदेखिएकै कारण्ा कुनै अभागीले बाटो काट्दा आफ्नो ज्यान गुमाउनेछ । अनि गोहीको आँसु निकै बहाएपछि बौद्ध ट्राफिक प्रहरीको जवाफ हुनेछ, 'जेब्राक्रसिङमा रङ्ग लगाउनु हाम्रो जिम्मा होइन !'

प्रकाशित मिति: २०६९ माघ २९ ०९:१८

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper 	Epaper - Kantipur Daily 2014-4-16
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

हेलो ! मार्साप !.. अनि धाराको पानी चैं कैले नुहाउन लायक बनाइदिनुहुन्छ नि ?

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication