Kantipur

Kantipur

मिति | २०७१ वैशाख ११, बिहीवार     Login | Register
पाठक पत्र»

पाठक मञ्च

माघ ४ -
प्रधानमन्त्रीलाई आठ प्रश्न



१) तपाई अर्थमन्त्री भएका बेला प्रस्तुत गर्नुभएको युवा तथा स्वरोजगार कार्यक्रमले कति सार्थकता पायो भन्ने कुराको मापन तपाई प्रधानमन्त्री भएको समयमा हेर्नुपर्ला । आज त्यो कार्यक्रमले कति सार्थकता पायो ? जनयुद्धको समयमा गठित जनसेनाको विचल्ली र उनीहरूको मूल्य तपाईको नजरमा केवल सात लाख, पाँच लाख र चार लाखमात्र रहेछ भन्ने कुरा जगजाहेर नै भयो । त्यसबेला जनसेनाले तपाईलाई थुनेर राखेको बदला त लिनुभएको होइन ?

२) तपाई प्रधानमन्त्री भएपछि अरु जे भए पनि गोरखाली र ससुरालीको भने सारै ठूलो कदर गर्नुभएको छ । सायद तपाईको नक्सामा गोर्खाबाहेक नेपाल अरु नपर्ला र ससुरालीबाहेक सायद अरु माओवादी नहोलान्, होइन त ?

३) तपाई धोबीघाट गठबन्धनको एक पार्टनर । एक नायक र महानायक पनि । त्यही गठबन्धनले तपाईलाई प्रधानमन्त्री बनायो । तपाई प्रधानमन्त्री भएपछि विदेशी प्रभुको पाउमा शिर समर्पण गर्नाको परिणाम पार्टी फुट्यो । यसमा तपाईको केही भूमिका नहोला र ?

४) बिप्पा र एयरपोर्ट प्रकरणबारे आम चर्चा भइसकेको छ । राजा वीरेन्द्रको हत्या भएपछि कान्तिपुरमा तपाईले लेखेको लेखमा सीआईए र रअको विषयमा गरिएको चर्चालाई अब आज तपाई आफैं कति सत्य भन्न सक्नुहुन्छ ?

५) तपाईको राज्यसत्ताभित्र एउटा कमाउ श्रीमती संघ खडा भएको छ । बिना द्रव्य पार्टी कार्यकर्ताको पनि काम हुँदैन । द्रव्य भएपछि कार्यकर्ता मारो गोली जो पनि आफ्नो भइहाल्छ । प्रधानमन्त्री श्रीमती, राजनीतिक सल्लाहकार श्रीमती, यस्तै आसेपासे श्रीमतीहरूको एउटा संघले यस्तै धन्दा गर्ने गरेको हल्ला कुनै हावा नचली पात त नहल्लिएकै त होला नि हैन र ?

६) तपाई प्रधानमन्त्री भएपछि तपाईका नजिकका १४ जना कोचिला क्षेत्रका कार्यकर्ता मोहन वैद्यतिर लागे । तपाईका निकटस्थ गणेश प्रवृत्तिका नेताले तपाईको पार्टीको बुद्धिजीवी चलाउने गर्छन् रे । तिनका हातमा पार्टीको वागडोर आएपछि तपाईका पुराना परममित्रहरूले तपाईलाई छोडे । रूपन्देही र पाल्पाका केही प्राध्यापकहरू तपाईको संगठनलाई 'करार संगठन' भन्छन् भनी प्रतिक्रिया दिँदै थिए । करारलाई नेता बनाउनाका परिणाम सिनियरहरू वैद्यतिर लाग्दैछन् अरे । त्रिविका रजिस्टारजस्तै मान्छे दुई-चार जनालाई विश्वासपात्र बनाउनुभयो भने विश्वविद्यालयमा क्यास माओवादी खोज्न एक-दुई वर्षपछि टर्चलाइट बोके हुन्छ । यो पनि सायद तपाईको सत्ताको उपलब्धि होला होइन त ? ७) हिजो तपाईलाई प्रधानमन्त्री बनाउन ८० प्रतिशत मत जोहर गर्ने देशभरका मिडियाहरू आज तपाईको पुत्लादहनमा व्यस्त छन् । कहिले राज्य सञ्चालनको साँचो अन्यत्रै रहेछ भनेर लाचारिता प्रकट गर्ने तपाई कहिले अभियुक्तले आफू सजाय भोग्न तयार छु भन्दैछ भनेको अवस्थामा नै सार्वजनिक भाषण गरेर राज्यको दायित्वको सवाल उठाएर चर्चामा आउनुभयो । तपाईका केटाकेटी भनौ या अलिक दिमागको लेयर पातलो भएका भनौ महान्यायाधिवक्ताले लिखतै तयार पारेर विवाद अझै चुल्याउनुभयो । एउटा जिल्लाको सरकारी वकिललाई फोनबाट गुप्त तरिकाले भन्दा हुने कुरा सार्वजनिक गरेर तपाईले खडा गर्नुभएको विद्यमान माहोलले तपाईको पार्टीलाई त फाइदा छ-छैन मलाई थाहा भएन, तर विदेशी स्वामीलाई भने पक्कै फाइदा गरेको छ ।

८) कृषि मन्त्रालयको कार्यभार तपाईले सम्हालेपछि त्यहाँका गेहनाथ नामका एक पात्र निकै मालामाल भए रे । सो मन्त्रालय अन्तर्गत विभिन्न संस्थान, विभाग तथा अन्य क्षेत्रमा गरेर ठूलो संख्यामा करारमा कर्मचारी भर्ती भएका छन् । तर तिनै स्थानमा तपाईका पार्टीका एकजना पनि योग्यता पुगेका कार्यकर्ताले रोजगारी हुने मौका पाएनन् । न प्राविधिक पदमा न प्रशासनिक पदमा । अब भन्नुस् त तपाईलाई चलाउने तत्त्व कहाँ छ ?

- मिश्र सुशील

काठमाडौ





 कारबाही गरियोस्

बुधबार प्रकाशित 'राजधानीकै वनको सयौ रोपनी जग्गा अतिक्रमण'प्रति नेपाली गि्रन्स पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । गुन्डा र अतिक्रमणकारीहरूले राजधानीकै निकुञ्ज र सामुदायिक वन फँडानी गरी अर्बौ रुपैयाँ पर्ने सयौ रोपनी जग्गा अतिक्रमण गरी करोडौ रुपैयाँमा बेचबिखन गरी बस्ती बसाल्दा पनि पनि बाबुराम भट्टराई नेतृत्वको सरकार र सरकारी निकाय आँखा चिम्लिएर बस्नु भनेको सरकारले पर्यावरणीय अपराध र अपराधीको संरक्षण गर्नु हो । त्यसैले राजधानीको मुटुबाट नजिकै अवस्थित पर्यावरणीय, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण वनजंगल क्षेत्रलाई तत्काल सुरक्षा प्रदान गर्न, जग्गाको अतिक्रमण रोक्न र यस घटनामाथि छानबिन गरी अतिक्रमणकारीहरू र वन तस्करहरूलाई कानुन बमोजिम कारबाही गर्न नेपाली गि्रन्स पार्टी सरकारसँंग माग गर्छ ।

- कमल भण्डारी

प्रवक्ता, नेपाली गि्रन्स पार्टीर्



 राष्ट्रपति झुक्किंँदा

संविधानसभाको विघटनपछिको राजनीतिक उतार-चढाव तथा दलहरूबीच बढ्दै गएको दूरीले देश अन्योलमा गइरहेको बखत त्यसलाई रोक्न राष्ट्रपतिज्यूले सहमतिको सरकारको आह्वान गर्नुभयो । कुनै पार्टीले यस कदमको समर्थन गरे भने कुनैले विरोध । समर्थन र विरोध हुँदाहँुदै पनि सहमतीय सरकारको लागि सुरुमा सबै नेता सहमति गर्न वार्तामा बस्न थाले । राष्ट्रपतिज्यूले दिनुभएको एकपल्टको समयसीमामा सहमति नभएपछि अर्काे समयसीमा पनि थपियो र सहमतिका लागि अहिले पुनः राष्ट्रपतिज्यूले अनिश्चित समय थपिदिंँदा पनि सहमति हुने कुनै छाँटकाँट देखिँदैन । यस्तोमा राष्ट्रपतिज्यूले समयमाथि समय थप्नु बाहेकको कुनै विकल्प छैन । राष्ट्रपतिज्यूले सहमतिको सरकारका लागि आह्वान त गर्नुभयो, तर सहमति भएन भने के गर्ने भनेर सोच्नुभएन । झन् दलहरू नै इमानदार भएन भन्नुहुन्छ । दलहरू कतिको इमानदार तथा जनताप्रति प्रतिबद्ध छन् भनेर संविधानसभा विघटन हँुदा नै हामीले पत्तो पाइसकेका थियौं । तर राष्ट्रपतिज्यूलाई थाहा नै रहेनछ ।

- अमितकुमार यादव

रघुनाथपुर-४, धनुषा



 संविधानसभा पुनःस्थापना नै उचित

राष्ट्रपतिले बारम्बार सहमतीय सरकारका लागि आह्वान गर्दा पनि राजनीतिक दलहरूबीच सहमति नभएपछि अन्ततोगत्वा यसपटक मिति तोकेर दलहरूलाई सहमतिका लागि समय तोकेका छैनन् । मगंलबार शीतल निवासमा १८ दललाई बोलाएर सम्बोधन गर्दै बढीमा सात दिनभित्रै सहमति गरेर सकेसम्म जेठको पहिलो हप्ताभित्रै निर्वाचन गराउने वातावरण सिर्जना गर्न आग्रह गरे । तर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीकै मातहतमा सहमतीय सरकार बनेमात्र विपक्षी गठबन्धनलाई सत्ता हस्तान्तरण गर्न सकिने धारणा व्यक्त गरिसकेका छन् भने विपक्षी दलहरूले मुलुकमा राजनीतिक अन्योल, असन्तुलन तथा संक्रमणकाल लम्बिँदै जानुमा यही सरकार जिम्मेवार रहेको निक्र्यौल निकाल्दै आन्दोलनमा जाने घोषणा गरेका छन् । यस्तो अवस्थामा सहमतीय सरकार शव्द आफैमा लज्जास्पद बन्न पुगेको छ ।

त्यसैले राष्ट्रपतिले दिएको अनौपचारिक समयमा सहमति गर्नु नै अहिलेको संक्रमणकालको उचित विकल्प हुनेछ ।

केही समय एमाले, काङ्ग्रेसले तथा साना दलहरूले यही सरकारलाई वैधानिकता दिएर अगाडि बढ्दा राजनीतिक वृत्तमा प्रलय आउने हो र ? अथवा सबै दलको सहमतिमा संविधानसभालाई निश्चित समय पुनःस्थापना गरी विवादित विषय तथा ऐनहरूलाई संशोधन गर्दै निर्वाचनमा जानु नै जनअपेक्षित कार्य हुन्छ ।

- समीरश्री न्यौपाने

रामेछाप-३



 मिडियाको कमजोरी

नेपाली मिडिया, चाहे छापा होस् वा श्रव्यदृश्य सबैमा मुख्यतया राजनीतिक बाहेक देशका कुनाकन्दराका गरिब नेपालीका आवाज लगायत अन्य सकारात्मक सामाजिक, शैक्षिक, सांस्कृतिक विषय तथा आम मुद्दालाई त्यति उठाइएको पाइँदैन र उठाइए पनि एकदमै कम महत्व दिएर उठाउने गरेको पाइन्छ । विकास र अन्य क्षेत्रका सकारात्मक पाटा, एक आम नेपालीको सफलताको कथा आदिले पनि स्थान पाउँदा फोहोरी राजनीतिदेखि आजित र दिक्क भएका नेपालीलाई अलिकति भए पनि राहत आभाष हुने कुरामा दुईमत नहोला । कृषिप्रधान देशमा कृषि सामग्रीलाई स्थान दिइयोस् भन्ने सुझाव  दिन चाहन्छु, तबमात्रै नेपाली मिडिया आम नेपालीको मिडिया बन्न सक्छ ।

- रविन्द्रराज थापा

हरिवन, सर्लाही



 विनाशकाले विपरीत बुद्धि

रामायण नपढ्ने, नसुन्ने र टेलिभिजनको पर्दामा रामायण नहेर्ने हामी नेपाली कमै छौं होला । त्यस्ता विवेकी र आदर्श पुरुष रामसमेत सुनको मृग असम्भव हुन्छ भन्ने जान्दाजान्दै पनि विनाश हुने बेला उनको बुद्धि विपरीत भइदिएर मायावी सुनको मृगको पछि लाग्दा रावणद्वारा सीताको अपहरण भएपछि उनी दुःखित हुनुपरेको कुरा हामीले रामायणको कथाबाट बुभmदै आएका छौं ।

हाम्रा राजनीतिक दलका प्रमुख नेताहरू पनि वर्तमानमा आपmनो बुद्धि र विवेकलाई उल्टो बनाएर जातीय विद्वेष फैलाउने खालको जातीय पहिचानसहितको सङ्घीयतारूपी सुनको मृगको पछि लाग्दा हाम्रो राष्ट्रिय स्वाभिमान र अस्मिता नै अपहरण हुनपुगेको छ, दिनानुदिन । हामी जनताबाट नेपाली हुनुको गौरवको सगरमाथा ढलिरहेको छ । शब्दमा मात्र आएको गणतन्त्रले हाम्रो पुरातन संस्कार फेर्नैसकेको छैन । शब्दतन्त्रले हामी जनताको गाँस, बास र कपासको समस्या सुल्झाउनै सकेको छैन ।

'सत्ता छाड्' र 'सत्ता छाड्दिनँ' को द्वन्द्वमै हाम्रा सबै राजनेता वर्षौंसम्म अल्भिmरहने हो भने हामीले न चुनावमा आपmनो अभिमत प्रकट गरेर खराब नेताहरूलाई पाखा लगाउन सक्छौं, नत हामीले एकमात्र नेपाली जातिको पहिचान झल्काउने संविधान नै हात पार्न सक्छौं । हाम्रा राजनेताहरूको बुद्धि विपरीत हुँदै गएर देश अन्धकारमा भासिन लागिरहे पनि हामी जनताको बुद्धि हिजोजस्तो भेडेबुद्धिमा सीमित छैन, हाम्रो बुद्धि सपि्रँदै र सुल्टिँदै गएको छ भन्ने कुरा हाम्रा राजनेताहरूले आजैदेखि बुझेर आपmनो उल्टो बुद्धिलाई सुल्टाउँदै जानुपर्ने आवश्यकता देखिन्छ ।

- डा. मतिप्रसाद ढकाल

गैंडाकोट-१, बि्रटिस क्याम्प मार्ग, नवलपरासी



 प्रतिबद्धताले मात्र रोकिन्न महिला हिंसा

महिलामथि हुने कुनै पनि हिंसालाई महिला हिंसा भनिन्छ । केही दिनयता नेपालमा महिला हिंसाले बढावा पाइरहेको छ । बलात्कार, कुटपिट, हत्या आदि महिला हिंसाका स्वरूप हुन् ।  हुन त पहिले पनि यस्ता प्रकारका हिंसा हुने गर्थे, तर महिला स्वयम्ले यस कुरालाई खुलस्त रूपमा अभिव्यक्त गर्न सक्दैनथे । तर आज नारी चेतना जागरुक हुनाले आफूमाथि हुने गरेको हिंसाको खुलेर कुरा गरिरहेका छन् ।

प्रधानमन्त्रीले महिला हिंसा रोक्न आफू प्रतिबद्ध रहेको जनाउनुभयो । तर उहाँको भनाइ त अचानाको पीर खुकुरीले जान्दैन भनेजस्तै भएको छ । उहाँले यस कुरालाई गम्भीरतापूर्वक बहन गर्नु आवश्यक छ । कुनै उपयुक्त कदम नचालिकन प्रतिबद्धतामात्र जनाएर महिला हिंसामा कमी आउने छैन । यसका लागि देशको सुरक्षा व्यवस्था कडा बनाइनु आवश्यक छ । न्ाारी-पुरुष दुवैलाई महिला हिंसाका बारेमा सजग बनाइराख्नु पनि जरुरी छ । कडा कानुन बनाइनुपर्छ र कानुको अवहेलना गर्नेलाई कडा कारबाही गर्नुपर्छ । सुरक्षा निकायमा कुनै पनि प्रकारले राजनीतीकरण नगरिकन तिनलाई चुस्त्ा एवं सुव्यवस्थित बनाउनुतर्फ लाग्नुपर्छ । महिला र पुरुष दुवैलाई समान हक-अधिकारबाट विभूषित गरिनुपर्छ । बिभिन्न कार्यक्रम, नाटक, विज्ञापनबाट महिला हिंसा गरेमा कस्तो दण्ड पाइनेछ भन्ने कुराको चेतना सबैमा गराइराख्नु उचित हुन्छ । न्ैातिक शिक्षाको कमीले गर्दा पनि महिला हिंसाले बढावा पाइरहेका हुँदा विद्यालय स्तरमा नैतिक शिक्षा अनिवार्य गरिनुपर्छ । महिलालाई समान रोजगारका अवसर प्रदान गर्नाले महिला हिंसामा कमी आउनसक्ने देखिन्छ । अपराधीलाई संरक्षण गर्न खोज्ने हकवाला व्यक्तिलाई पनि कानुनी सजाय दिनु आवश्यक छ ।

- बिजन अर्याल

मिलनटोल, सीतापाइला



 कस्तो आन्दोलन ?

मुलुक तानाशाही प्रवृत्तितर्फ उन्मुख भएको र राज्यसंयन्त्रहरू कानुनको धज्जी उडाउनका लागि प्रयोग भैरहेको बखत कांग्रेस-एमाले गठबन्धन सत्ताकै सपनामा मग्न हुनु दुर्भाग्य बनेको छ, नेपाली राजनीतिमा । राजनीति आफैंमा छल र कपटको मिश्रण हो र पनि राजनीतिमा न्युनतम इमान अपरिहार्य हुन्छ । खासगरी सत्तारुढ पार्टी एनेकपा माओवादीका शीर्ष नेताहरू प्रचण्ड र बाबुराममा शून्य राजनीतिक इमान रहेको खुलासा भैसकेको अवस्थामा राजनीतिक शुद्धीकरणका लागि आन्दोलनको विकल्प नरहेको तथ्य जेठ १४ गते नै स्पष्ट भैसकेको अवस्था थियो । किन र केका लागि झन्डै या ८ महिना राजनीतिक शून्यतामा देशलाई रुमलिन लगाए, प्रतिपक्षी पार्टीहरूले ? संविधानसभाको विघटनसँंगै यो देशले अर्को आन्दोलनको आवश्यकता महसुस गरेको थियो । एकपक्षीय रूपमा भएको संविधानसभाको विघटन जनताका लागि गम्भीर धोका थियो । त्यसबखत घोषणा हुन नसकेको आन्दोलन अब किन र केका लागि गर्ने ? केवल सत्ता परिवर्तनमात्रै आजको आवश्यकता हो ? प्रतिपक्ष पार्टीहरूसंँग भावी कार्यक्रम के छ ? राजनीतिमा अब जटिलता बढ्दै गएको अवस्था छ । फेरि पार्टीको आह्वानमा जनता सडकमा ओर्लने सम्भावना न्यून हुँदै गैरहेको अवस्था छ । माघ महिनामा धान पाक्दैन भन्ने सत्यलाई बुझ्न नसक्ने प्रतिपक्ष दलहरूले जेठ १५ गतेदेखिको बृहत् आन्दोलनको उचित अवसरलाई गुमाइसकेको अवस्थामा अब दैलेखबाट अर्को आन्दोलनको प्रारम्भ गर्ने उद्घोष गर्नु पराजित मानसिकताको एउटा पाटोमात्रै हो ।

- उत्तम पुडासैनी

जोरपाटी, काठमाडौं



 सहयोगको अपिल

संखुवासभा जिल्ला खाँदबारी नगरपालिका- २ निवासी म २० वषर्ीय गंगालाल बुढाथोकी १२ कक्षामा अध्ययनरत छु । मैले २०६६ को एसएलसीमा ७०.८८ प्रतिशत ल्याई हिमालय उच्च मावि खाँदबारीमा छात्रवृत्तिमा अध्ययन गरिरहेको छु । २०६८ को ११ को परीक्षामा ६९.९ प्रतिशत ल्याई जिल्ला प्रथम भएको थिएँ । तर १२ को परीक्षा दिने समयमा एक्कासी बिरामी भई परीक्षा दिन सकिन । मलाई पिसाब थैलीमा क्यान्सर भएको छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदा ८ लाख खर्च भयो । थप उपचारका लागि उक्त अस्पतालले नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा रिफर गरेको छ । उक्त अस्पतालमा चेक गराउँदा प्रारम्भिक चरणको क्यान्सर भएकोले पूर्णरूपमा ठीक हुने र त्यसका लागि १७ लाख रुपैयाँ आवश्यक पर्ने बताइएको छ । मेरो जो भएको सम्पत्ति नेपालमा उपचार गराउँदै सकिइसकेको छ । त्यसैले थप उपचार गर्न र त्यतिका रकम जम्मा गर्न असमर्थ भएको हुँदा सहयोगी व्यक्ति तथा दाताहरूसँग सहयोगको अपेक्षा गरेको छु । मलाई सहयोग गर्न चाहनुहुनेले नबिल बैंकमा रहेको खाता नंं. ३५१००१७५०३८२२ र राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. २०८००१५४४७१० मा आफूले सकेको रकम जम्मा गरी सहयोग गर्नुहुन अनुरोध गर्दछु । साथै ९८४२१५९६९४ मा सम्पर्क गरी थप जानकारी लिन सकिनेछ ।

प्रकाशित मिति: २०६९ माघ ५ ०८:५५

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper paper - Kantipur Daily 2014-4-23
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

धन्न आपूर्ति सहज भ' र'छ !... दिनभरि लाइन बसेर अलिकति भे नि पाइयो !

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication