काठमाडौं -रासस)- साइन मात्सुकी ट्रस्टले नेपाल कुष्ठरोग निवारण संघलाई ३० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ट्रस्टका प्रबन्धक हरेन्द्र बरुवाले संघका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठलाई सो रकम हस्तान्तरण गरे ।
उक्त अवसरमा ट्रस्टका प्रबन्धक श्रेष्ठले संघमार्फत कुष्ठरोगीका सन्ततिलाई शिक्षा आर्जनमा सघाउन सहयोग उपलब्ध गराइएको बताए । कुष्ठरोगले पीडित जापानी नागरिक साइन मात्सुकीले आफ््नो सम्पूर्ण सम्पत्ति नेपालका कुष्ठरोगीका सन्ततिको शिक्षामा सहयोग गर्ने इच्छासहित १२ वर्ष अगाडि उक्त ट्रस्ट नेपालमा स्थापना गराएका थिए । उनको चार वर्षअघि ८० वर्षको उमेरमा जापानमा नै निधन भएको थियो । ट्रस्टले १२ वर्षदेखि पीडित परिवारका सन्ततिलाई नर्सिङ, ओभरसियरलगायतका प्राविधिक शिक्षामा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
साधारणसभा
काठमाडौं -कास)- मूलपानी-७, सुन्थानेटारस्थित राधाकृष्ण मन्दिर क्षेत्र विकास समितिको साधारणसभा सम्पन्न भएको छ । सभाले अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा बालमुकुन्द देवकोटा, भास्कर खनाल, सम्झना
खनाल, कुमार ढुंगाना र सदस्यमा रुकु ढकाल, उमा ढकाल, सिर्जना खनाल, ईश्वरी खनाल, मुरारी खनाल, ऋषिकेश खनाल र सुवास खनाल चयन भएका छन् । सभाले आगामी वर्षका लागि विभिन्न शीर्षकमा २ लाख रुपैयाँ विनियोजन गरेको छ ।
प्रकाशित मिति: २०६९ पुस ५ ०९:१६
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !