Kantipur

Kantipur

मिति | २०७१ वैशाख ५, शुक्रबार     Login | Register
समाचार»

असुरक्षा बढेपछि पारसले डेरा छाडे

क्वालालम्पुर, पुस ४ -
थाइल्यान्डको राजधानी बैंककमा बस्दै आएका पूर्वयुवराज पारस शाह केही दिनयता असुरक्षा बढेको भन्दै आफू बस्दै आएको डेरा छाडी त्यहाँस्थित नेपाली व्यवसायीकहाँ बसेका छन् ।

केही समयअघि फुकेटस्थित एक होटलमा लागूऔषधसहित भेटिएका र तारेख धाइरहेका उनी असुरक्षा बढेको भन्दै करिब सातायता नेपाली व्यवसायी सुनील खड्काकहाँ बस्दै आएका हुन् । खड्का पर्यटन व्यवसायी हुन् ।

शाहले आफूबारे त्यहाँका धेरैलाई थाहा भएपछि झनै खतरा बढेको भन्दै खड्काकै निवासमा बस्न थालेका हुन् । 'म तपाईंहरूसँगै बस्छु भनेर इच्छा राख्नुभयो । त्यसपछि लगभग १ हप्तादेखि हामीकहाँ बस्दै आउनुभएको छ,' खड्काले भने ।

पारसले आफूमाथि सुरक्षा खतरा बढेको बताएपछि पाँच दिनअघि त्यहाँको नेपाली दूतावास समक्ष निवदेन दिएका थिए । दूतावासले निवेदन दर्ता गरी उनको सुरक्षाका लागि थाई प्रहरीलाई पत्राचारसमेत गरिसकेको जनाएको छ ।

असुरक्षा निकै बढेकैले उनलाई संरक्षण गरिएको खड्काले जनाए । 'कुनै तेस्रो मुलुकमा आएर दुःखमा परेका जो-कोही नेपालीलाई उद्धार गर्नु नै हाम्रो धर्म हो । त्यसैले उहाँलाई पनि उद्धार/संरक्षण गरेका हौं,' गैरआवासीय नेपाली संघ थाइल्यान्डका सचिवसमेत रहेका खड्काले बुधबार कान्तिपुरसित टेलिफोनमा भने, 'समाचारमा आएजस्तो दूतावासमा निवेदन दिन थाई नागरिकहरू कोही पनि गएका थिएनन् । हामी चार जना नेपाली मात्र गएका थियौं ।' शाह हाल बैंककमा रहेका सीमित नेपालीसँग मात्र सम्पर्कमा छन् । आफ्नो संरक्षणमा जुटेका सीमित नेपालीसँग उनले आफूलाई सिध्याउनेसम्मको खतरा रहेको बताएका छन् । 'भारतीय, बंगलादेशीले मेरो पिछा गरेका छन्,' शाहको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । सुरक्षा खतरा बढे पनि थाइल्यान्ड छाड्ने/नछाड्नेबारे उनले निक्र्योल गरेका छैनन् । उनलाई भेट्न परिवारका कुनै पनि सदस्यसमेत थाइल्यान्ड गएका छैनन् । व्यवसायी खड्काकै अनुसार शाह थाइल्यान्डमा हालै भएको लागूऔषध सम्बन्धी घटनाबारे छिनोफानोपछि पत्रकार सम्मेलन गर्ने योजनामा छन् ।



 

प्रकाशित मिति: २०६९ पुस ५ ०९:०३

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-18
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication